२९ मंसिर २०८२, सोमबार | December 15, 2025

समिरको टेलिश्रृंखला तयार भयो, खै कुरा बुझेको ?



काठमाडौं । हास्य टेलिश्रृंखला निर्माणमा अग्रसर भएको स्वस्तिक सिने आर्टस् र विनभ क्रिएसनले सञ्चारकर्मी समिर जोशीको लेखन तथा निर्देशन रहेको पारिवारिक हास्य टेलिश्रृंखला खै कुरा बुझेको ? को टिजर सार्वजनिक गरेको छ ।

निकै रमाइलो संवाद समेटिएको साढे दुई मिनेटको टिजर दर्शकहरुका लागि सार्वजनिक गरिएको हो ।

टेलिश्रृंखलामा शितल केसी, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता ख्याती, दिपेश बन्जारा, सागर गिरी, नमिता खड्का, सागर बस्नेत र समिर जोशीको अभियन रहेको छ ।

टेलिश्रृंखलाको शीर्ष गीतमा ज्योति खतिवडा र प्रमोद पाण्डेको स्वर छ । संगीत पनि प्रमोदकै छ ।

स्वस्तिक सिने आर्टस् र विनभ क्रिएसनको संयुक्त प्रस्तुतिमा निर्मित टेलिश्रृंखलाको निर्माता सागर बस्नेत हुन् ।

प्रत्येक शृंखलामा नयाँ कथावस्तु रहने निर्देशक जोशीले जानकारी दिए ।

उक्त टेलिश्रृंखला टिभी वन एचडी तथा अन्य टेलिभिजनमा प्रशारण हुने टेलिसिनेमाको बजार व्यवस्थापन पायोनियर मिडियाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ९ : १७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको