२८ मंसिर २०८२, आइतबार | December 14, 2025

२४ घण्टामा १४४ जना संक्रमित थपिए, १ हजार ७०५ जना निको भएर घर फर्किए



काठमाडौं । कोरोना भाइरसका संक्रमित निको हुने संख्या नेपालमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १० हजार २९४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत रहेको छ ।

विभिन्न आइसोलेसन सेन्टरमा ६ हजार ६१३ जना संक्रमितले उपचार गराइरहेका छन् । विभिन्न क्वारेन्टिन केन्द्रमा २३ हजार ४७० जना रहेका छन् ।

गत २४ घण्टामा ५ हजार ८५६ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये १४४ जना नयाँ संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । हालसम्म जम्मा संक्रमितको संख्या १६ हजार ९४५ रहेको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ४ : २६ बजे

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको