नेवारी सभ्यता भाषा, संस्कृति र रितीरिवाजका कारण जति प्रसिद्ध छ, त्योसँगै नेवारी परिकारका कारण नेवारी सभ्यता अझै समृद्ध रहेको छ । मौसम अनुसारको खाना र स्वास्थ अनुसारको परिकारले नेवारी भोजनको छुट्टै महत्व राख्दछ ।
नेवार समुदायलाई भोजै भोजको समुदाय पनि भन्ने गरिएको छ । वर्षका अधिकांस समय चाडपर्व र भोज भतेरमै ब्यतित हुने नेवार समुदायमा भोजहरुको बिशेष महत्व रहंदै आएको छ । बिस्काट नःख ९नेवारी सम्प्रदायको चाड० होस वा न्हु दया म्ह पुजा, (नेपाल सम्बतको नयां वर्षमा गरिने शरीरपुजा क्वाटि पुन्ही (जनै पुर्णिमा)होस वा सिटि नःख (नेवारी समुदाययको चाड) हरेक चाडहरुमा नेवारहरुको फरक फरक परिकार पाक्ने गर्दछ ।
नेवारी समुदायमा खाईने अधिकांस परिकारहरुमा प्रोटिन, भिटामिन र आईरनयुक्त खानाहरु रहने गरेको छ । यो समुदायले प्रायः सबै पर्वहरुमा सम्य बजि खाने गर्दछन् । सम्य बजिमा बिभिन्न प्रकारको गेडागुडीहरु सहित चिउरा, उसिनेको अण्डा, सिद्रा, अदुवा लसुन लगायतका परिकारहरु पर्दछन् ।
नेवार समुदायको पर्वहरुको अर्को बढी प्रयोग हुने परिकार हो बारा, चतामरि । मासको दालको पिठोमा मरमसला मिसायर बनाईने एक प्रकारको रोटीलाई बारा भनिन्छ भने चामलको पिठोमा किमा वा अण्डा राखेर स्टिम गरेर पकाईने परिकारलाई चटामरी भनिन्छ । नेवारहरुले मासुका पनि विविध परिकार बनाएर खाने गर्दछन् । छोईला, कंचिला, हिआसा, घिण्टी, जिब्रो फ्राई, कान फ्राई, लगायतका परिकार समुदायमा मासुबाट बनाईन्छ । जनै पुर्णिमामा खाईने क्वाटी नेवारहरुको अर्को परिकार हो । ९ प्रकारको गेडागुडीलाई टुसा उमारेर झोल बनाएर क्वाँटी पकाईन्छ ।
नेवारी सभ्यतामा योमरी छुट्टै महत्व रहेको छ । प्रायः सबै पर्वहरुमा देउता सामु चढ्ने योमरी शाकाहारी परिकार हो ।
नेवार समुदायमा पेय पदार्थको पनि बिशेष महत्व हुने गर्दछ । गर्मी मौसममा सितलता प्रदान गर्न छोंः (चामल वा कोदोबाट तयार गरिएको जाँड) र जाडो मौसममा शरीरमा उर्जासहित ताप दिनका लागि ऐला (घरपालुवा रक्सी) सेवन गर्ने गरिन्छ ।
समुदायमा चाड अनुसारको फरक फरक भोजन गर्ने प्रचलन समेत रहेको छ । दशंैको महाअस्तमीका दिन कुछी भोय ९मुट्ठीले नापेर खाने भोज०, नेपाल सम्बत अर्थात म्हःपूजाका दिन लप्ते भोय समय बजी, जनै पुर्णीमाका दिन क्वाँटी, मंसिर शुक्ल पुर्णीमाका दिन योमरी खाने चलन रहेको छ ।
अष्टमीको दिन मुख्य भोज कूछी भ्वय मनाउँछन् । यस दिन बेलुका कुरुवा मानोमा २ माना चिउरा भरेर लहरै ओच्छयाइएको केराको पातमा राखिन्छ । र, भोजका लागि तयार पारिएका नेवा भोजको नियम अनुसार लहरै परिकारहरु राख्ने काम हुन्छ । भोज सम्पूर्ण परिवारको उमेर क्रमको हिसाबमा लाइनमा राखिन्छ र भोज राखीसकेपछि सबै परिवार बसेर खाने चलन छ ।
अष्टमीको दिनमा खाने महाभोजलाई नेपाल भाषामा कुछी भोय भनिन्छ । कोहि पनि उठ्नु नपर्ने गरि सबै कुरो पहिले नै भागमा राखिन्छ । भोज सिद्धिएपछि सबैले एकसाथ उठ्ने चलन छ । बिचमा कोही उठे जरिवाना तिर्नु पर्ने चलन छ जस्लाई नेपालभाषामा बँः भनिन्छ । तर पारिवारिक भोज भएकाले सबै अनुशासित भएर भोजमा सहभागी हुन्छन् । बीचमा कोही उठ्दैनन् । यस भोजमा ६ महिनाको बच्चासमेतको यथास्थानमा भाग लाग्छ । कतैकतै दुर्इ माना चिउराको ठाउंमा एक मानाको भोज राख्ने चलन पनि छ । नेवारहरूको लागि यो दिन सबभन्दा महत्वपूर्ण हुने गर्छ ।
नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवार भाषामा योमरी पुन्ही भनिन्छ । यस दिन नयंँ भित्राइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्ही मनाउने चलन छ । यस दिन नयंँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होचामरी बनाई पूजा गरि चढाउने गरिन्छ । योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउंदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ ।
नेवार एक जाति मात्र नभएर एक सभ्यता पनि हो । बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नागरिकहरुको बसोबास रहेको नेपालमा नेवारी सभ्यता अन्तरराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउने एउटा प्रमुख माध्यम बन्न सक्दछ ।
प्रतिक्रिया