२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कर्णाली प्रदेशसभाका संसदीय समितिले बल्ल नेतृत्व पाउँदै



सुर्खेत । कर्णाली प्रदेशसभाका विषयगत समितिले गठन भएको २७ महिनापछि बल्ल नेतृत्व पाउने भएका छन् ।

प्रदेशसभा सचिवालयले यही असार २८ गते निर्वाचनमार्फत संसदीय समितिको नेतृत्व चयन गर्ने तयारी गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । ‘मिनि संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना भैरहेको थियो ।

कर्णाली प्रदेशसभामा विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, सामाजिक विकास र अर्थ तथा प्राकृतिक स्रोत समिति गरी चार संसदीय समिति छन् ।

प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम असार २८ गते दिउँसो १ बजे समितिका अध्यक्ष पदमा निर्वाचन हुने जानकारी दिए । त्यस्तै, असार २७ गते साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ ।

समितिमा हालसम्म सदस्यमध्येबाट ज्येष्ठताका आधारमा अध्यक्षता गर्ने गरिएको छ ।

अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षता नेकपाका अम्मरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षता नेकपाका पदमबहादुर रोकाय, सामाजिक विकास समितिको अध्यक्षता नेकपाकै राजु नेपाली र सार्वजनिक लेखा समितिको अध्यक्षता नेपाली काँग्रेसका दिनबन्धु श्रेष्ठले गर्दै आएका छन् ।

२०७४ चैतमा विषयगत समिति गठन भएका थिए ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ७ : २३ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको