नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष जतिसुकै सघन वार्तामा बसेपनि पार्टी भित्रको अन्तरद्वन्द सचिवालय, स्थायी कमिटी हुँदै आजभोलि सडकमा छिचोरिल्लिएको छ ।
नेताहरु काठमाडौमा बालुवाटार, भैंसेपाटी, खुमलटारका कोठाहरुमा छलफल, बैठक, चोंचोमोचो मिलाउने काम गरेपनि तिनै नेताको आडमा कार्यकर्ताहरु भने सडकमा सिंगौरी खेलिरहेका छन् । सरकारको स्थायित्वका नाममा पार्टीकै अर्को पक्षका नेताहरुलाई सराप्ने शिर्शकको प्रदर्शनहरुले सडक तातेको छ । विशेष गरी प्रधानमन्त्री निकटका कार्यकर्ताहरुलाई यतिबेला सडक तताउन भ्याईनभ्याई छ । पार्टी भित्रकै अर्को पक्षका नेताहरुलाई खुईल्याउने खालको नारा लेखेर स्थायी सरकारको पक्षमा नारा लगाउने कार्यकर्ताले ओलीलाई त बलियो बनाउने प्रयत्न गरिरहेका छन्, तर पार्टी भने दिनदिनै खुईलिने सम्भावना बढेको छ ।
त्यसो त सोमबार भएको दुई अध्यक्षको वार्तामा एकतालाई कमजोर बनाउने प्रकृतिको सडक प्रदर्शनहरु नगर्ने सहमति भएको कुरा बाहिर आएको थियो । पार्टी, पार्टी एकता र नेताहरुलाई बदनाम बनाउने गरि कुनै प्रदर्शन नगर्ने सहमति भएको कुरा बाहिर आएपनि ओली पक्षीय कार्यकर्ताहरुले भने सडक प्रदर्शनलाई जारी राखेका छन् ।
वार्ता, वार्ता र फेरि पनि वार्ताको सुत्रमा दुई अध्यक्ष बसेपनि समस्याको चुरो अझै पत्ता लाग्न सकेको छैन । दुबै अध्यक्ष एकले अर्कालाई गलाउने रणनीतिमा रहेको बुझ्न सकिन्छ । प्रधानमन्त्री ओली अध्यक्ष र प्रधानमन्त्री नछाड्ने अडानमा कायम रहेका छन् भने अर्को अध्यक्ष प्रचण्ड ओलीलाई मार्ग प्रसस्त गराई प्रधानमन्त्री वा अध्यक्ष छाड्नै पर्ने अडानमा कायम रहेका छन् ।
प्रचण्डलाई भित्रैबाट कसैले चिनेका छन् भने त्यो केपी ओली नै हुन् । प्रचण्डको युद्धकाल देखिकै स्वभाव र प्रकृतिलाई अनुमान गर्ने हो भने उनीमा विशिष्ठ खालको स्वभाव रहँदै आएको छ । उनी एउटै कुरा वा बिषयमा अडिन सक्दैनन् । एउटा एजेण्डा सफल नभए लगत्तै उनले बाटो परिवर्तन गर्ने वा अर्को रणनीति तयार गर्नमा प्रचण्ड सिपालु छन् भनेर उनका सहयात्रीहरुले भन्ने गर्दछन् । आलोचकहरु प्रचण्डलाई अडान नभएको नेता पनि भन्ने गर्दछन् । प्रचण्डका कैयौं व्यवहारले उनलाई अस्थिर नेता भनेर व्याख्या गर्दा अन्याय हुँदैन ।
सम्भवतः ओलीले आफ्नो अडान कायम राखि रहँदा प्रचण्ड आफै गलेर सहजिकरण गर्न सक्छन् भन्ने अनुमानका आधारमा पनि ओलीले अडान लिएको हुन सक्छन् । अडान लिने लिने तर गलाउन सकिएन भने आफैले अडान छाड्ने प्रचण्डको स्वभाव भएको पार्टी अलग गर्ने बेलादेखि नै मोहन वैद्य र नेत्रविक्रम चन्दहरुले आरोप लगाउँदै आएका छन् ।
उता प्रधामन्त्री ओली पछिल्लो समय आफ्नै कित्ता भित्रका नेताहरुको समेत कुरा नसुनेर लगातार दुबै पद नछाड्ने अडानमा रहेका छन् । उनकै कित्तामा रहेका महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत पार्टी निर्णय मान्नुपर्छ भन्ने राय दिईरहंदा पनि ओली आफ्नो अडानबाट टस् का मस् गरेका छैनन् । पार्टी उच्च श्रोतका अनुसार मुख्यमन्त्री शंकर पोखरेलले ओलीलाई पार्टी अध्यक्ष स्वीकार गरेर प्रधानमन्त्री छाड्न र पार्टीलाई अझै बलियो बनाएर अगाडि लैजान सल्लाह दिएको पनि खुलासा गरेको छ । पोखरेलले सरकार अस्थायी कुरा भएको र पार्टी स्थायी भएकाले पार्टीमा आफ्नो पकड बनाउन जरुरी रहेको सल्लाह दिएको स्रोतले बतायो । तर पोखरेलको सल्लाहमा यतिबेला प्रधानमन्त्री छाड्दा भारतसँग झुकेको जस्तो हुन्छ भन्ने तर्क गर्दै प्रधानमन्त्रीबाट पनि नहट्ने अडान ओलीको छ । आफैले सार्वजानिक कार्यक्रममा भारतले आफुलाई हटाउन खोजेको भन्ने बिना प्रमाणको कुरा गरेर ओली बोलीको परिवन्धमा परिसकेका छन् ।
दुई अध्यक्षलाई एउटा टेवलमा बसाल्न होस् वा नेताहरुको फाटेको मन जोड्न पौडेलको सक्रियता अरु नेताहरुको भन्दा धेरै नै बढी देख्न सकिन्छ । कित्ताका हिसावले ओली कित्तामा गनिए पनि पौडेल जारी बैठकबाट भागेर होईन बैठक भित्रै छलफल गरेर समस्या पहिल्याउन सक्रिय देखिन्छन् । सकेसम्म कसैलाई पिर नपार्ने गरी आफुलाई प्रस्तुत गरेर पौडेलले गरेको सहजिकरण प्रति कार्यकर्ताहरुले उनीबाट धेरै नै अपेक्षा गरेको पाईन्छ । त्यसो त दुई नदीका किनारा जस्तै रहेका ओली र प्रचण्डलाई एउटै किनारामा ल्याउने सुत्राधारका रुपमा पनि पौडेललाई नै लिने गरिन्छ । कुनै बेला वर्ग दुश्मनकै रुपमा रहेका एमाले र माओवादीलाई कसैले पनि एउटै पार्टी बन्छ भन्ने कल्पना नगरेका बेला पौडेलले ओली र प्रचण्डकाबीच पुलको काम गरेका थिए ।
महासचिव पौडेल पनि पार्टी बैठकहरुलाई बाईपास गरेर जाने पक्षमा नरहेको उनका कमै मात्र बाहिर आउने अभिव्यक्तिमा बुझ्न सकिन्छ । उनी आफैमा कुशल संगठक भएकाले पार्टी पद्धती र बैठकको महत्वका विषयमा पौडेललाई अरुलाई भन्दा अलि बढी चिन्ता रहेको सजिलै अनुमान गर्न सकिन्छ । दुई अध्यक्षलाई एउटा टेवलमा बसाल्न होस् वा नेताहरुको फाटेको मन जोड्न पौडेलको सक्रियता अरु नेताहरुको भन्दा धेरै नै बढी देख्न सकिन्छ । कित्ताका हिसावले ओली कित्तामा गनिए पनि पौडेल जारी बैठकबाट भागेर होईन बैठक भित्रै छलफल गरेर समस्या पहिल्याउन सक्रिय देखिन्छन् । सकेसम्म कसैलाई पिर नपार्ने गरी आफुलाई प्रस्तुत गरेर पौडेलले गरेको सहजिकरण प्रति कार्यकर्ताहरुले उनीबाट धेरै नै अपेक्षा गरेको पाईन्छ । त्यसो त दुई नदीका किनारा जस्तै रहेका ओली र प्रचण्डलाई एउटै किनारामा ल्याउने सुत्राधारका रुपमा पनि पौडेललाई नै लिने गरिन्छ । कुनै बेला वर्ग दुश्मनकै रुपमा रहेका एमाले र माओवादीलाई कसैले पनि एउटै पार्टी बन्छ भन्ने कल्पना नगरेका बेला पौडेलले ओली र प्रचण्डकाबीच पुलको काम गरेका थिए ।
तुलनात्मकरुपमा सम्भाब्य पार्टी फुटबाट सबै भन्दा बढी पुर्व माओवादीहरु त्रसित बनेकाछन् । बहसका शब्दहरुमा माधव नेपाल र ओली समुहका कार्यकर्ताहरु पार्टी फुटेफुटोस् भन्ने शैलीमा सतहमा उत्रँदा पुर्व माओवादीहरु भने पार्टी फुटेमा आफुहरु बिलखबन्दमा परिने हो कि भन्ने चिन्ताले पनि एकताका पक्षमा उनीहरुमा अलि बढी चिन्ता देखिने गरेको छ ।
संसदिय ब्यवस्था होस् वा कम्युनिष्टहरुको जनबादी केन्द्रीयता । पार्टी राज्य संचालनका लागि महत्वपूर्ण हुन्छ । पार्टीको नीति र पार्टीले नै चयन गरेर पठाएका नेताहरु पार्टी प्रति उत्तरदायी बन्नै पर्दछ । तर पार्टी संचालनमा रहेका नेताहरुले पनि पदका लागि, अवसरका लागि, नियुक्तिका लागि आफैले सरकारमा पठाएका नेताहरुलाई असहयोग गर्ने, ईगो साँध्ने, बदलाको भाव राख्ने जस्ता कुरा गर्नु हुँदैन । ओलीले पार्टीको निर्णय मान्ने प्रतिवद्धता व्यक्त गरिदिएर ब्यक्त गरेजस्तै गरी ईमान्दारीता कायम गरिदिए अहिलेको नेकपा विवाद समाप्त हुन्छ । विधि, विधान र दस्तावेज कोरेर खलि भएका नेताहरुले पार्टीका हरेक नेताहरुले पार्टीको विधि विधान मान्ने र पार्टीका निर्देशन र नीतिहरुलाई पालना गर्ने सामुहिक प्रण गर्न सके पार्टीको समस्या समाधान हुने देखिन्छ ।
सार्वजानिक रुपमा अभिव्यक्त नगरेपनि ओली नजिकका ईश्वर पोखरेल बाहेक अरु नेताहरु पार्टी सर्बोपरि हुन्छ भन्ने कुरामा सहमत देखिएकाछन् । पार्टीको निर्णय हरेक नेताले मान्नु पर्दछ भन्ने विषयमा सहमत हुंदा हुंदै पनि स्थायी कमिटी र केन्द्रीय कमिटीमा बैठक बस्नु अघि देखिएको बहुसंख्यक सदस्यहरुको विरोधका स्वरका अगाडि त्रसित भएर उनीहरु बैठक फेस गर्न आनाकानी गरिरहेको बुझ्न सकिन्छ ।
प्रचण्डले सहमतिको बिन्दु खोजेर सहमति कायम गरिहाले पनि पार्टी भित्रका माधव नेपाल समूहलाई चित्त बुझाउन त्यति सजिलो छैन । भलै प्रचण्डलाई ओलीले मंसिर ४ को सहमति अनुसार कार्यकारी अध्यक्षको ब्याख्या गरेर प्रचण्डलाई पावरफुल अध्यक्ष बन्न सहमत गराउलान तर प्रचण्ड सहमत हुंदैमा समस्या समाधान हुने अवस्था नेकपामा देखिंदैन । लामो समय देखिको ईगो संगालेर बसेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डले बन्द कोठामा ओलीसँग सहमति गरेर आइहाले पनि मान्ने अवस्था देखिंदैन ।
प्रचण्डले सहमतिको बिन्दु खोजेर सहमति कायम गरिहाले पनि पार्टी भित्रका माधव नेपाल समूहलाई चित्त बुझाउन त्यति सजिलो छैन । भलै प्रचण्डलाई ओलीले मंसिर ४ को सहमति अनुसार कार्यकारी अध्यक्षको ब्याख्या गरेर प्रचण्डलाई पावरफुल अध्यक्ष बन्न सहमत गराउलान तर प्रचण्ड सहमत हुंदैमा समस्या समाधान हुने अवस्था नेकपामा देखिंदैन । लामो समय देखिको ईगो संगालेर बसेका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रचण्डले बन्द कोठामा ओलीसँग सहमति गरेर आइहाले पनि मान्ने अवस्था देखिंदैन । ओलीलाई बदला लिने मौका यहि हो भन्दै ओली कार्यकालमा आफुहरु माथि भएको अपमानको हिसाबकिताब गरेर माधव समुह बसेको उनीहरुको अभिव्यक्तिबाट स्पष्ट बुझ्न सकिन्छ ।
अलि वर्ष पहिलेसम्म काँग्रेसको पार्टी कार्यालयहरुमा काँग्रेसका कार्यकर्ताहरु अनसन बस्दा, धर्ना र तालाबन्दी गर्दा यिनै कम्युनिष्ट नेताहरुले काँग्रेसलाई खिसीट्युरी गर्दथे । मास पार्टीको संज्ञा दिंदै कम्युनिष्ट पार्टी कार्यकर्तामा आधारित पार्टी भएको र कम्युनिष्टहरुले यस्तो नगर्ने बताउँथे । तर अहिले आफैले कार्यकर्ता बोलाएर यिनै कम्युनिष्ट नेताहरुले आफ्नो समर्थनमा नारा लगाउ, जुलुस गर भने कार्यकर्तालाई निर्देशन दिने स्थानमा पुगेका छन् ।
नेकपाको विवाद सडकमा छताछुल्ल हुँदा अन्तरविरोधको समस्या समाधानमा ओलीका पक्षमा घनिभुत सक्रिय भएपनि स्थायी कमिटी सदस्य समेत रहेका शंकर पोखरेलले विवादलाई सडकमा लैजाने पक्षमा देखिंदैनन् । उनको फेसबुक स्टाटसमा नेकपाको कलहलाई कार्यकर्ता र नेता कै सुझबुझले समाधान गर्नु पर्ने मत जाहेर गरेको देखिन्छ । उनले सम्बाद र छलफलमा बस्दा के भने नेताहरुले नै जानुन् तर फेसबुकमा भने एकता महाधिवेशन नहुदासम्म दुई अध्यक्ष र सहमतिका आधारमा पार्टी संचालन एकताको मुलमर्म भएको भन्दै पार्टी एकता जोगाउन त्यसको पालना दुबै अध्यक्षले गर्नुपर्छ भन्ने पोखरेलको धारणा देखिएको छ ।
संसदीय व्यवस्था स्वीकार गरेको र आफुलाई कम्युनिष्ट पार्टी पनि भन्दै गरेको पार्टीका नेताहरुलाई व्यक्ति भन्दा पार्टी सर्वोपरि हुन्छ भनेर कसैले सिकाउनु पर्ला र ?
प्रतिक्रिया