२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

सहमतिको सकसः नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच अपरान्ह ४ बजे छलफल हुने



काठमाडौं । पार्टी स्थाई कमिटी बैठकलाई पटक पटक स्थगित गर्दै सहमतिको प्रयासमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि भेटवार्ता हुने भएको छ । दुई अध्यक्षबीच अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

पार्टी र राज्यसत्ताको नेतृत्वका विषयमा शिर्ष नेताहरुबीच अन्तर्संघर्ष चर्किएपछि नेकपा संकटमा पर्दै आएको छ । गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा असार १६ गतेपछि पार्टीभित्रको अन्तर्संघर्षले प्रभावित हुँदै आएको छ ।

असार १६ गतेदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं माधव नेपाल समुहबाट निरन्तर दबाब दिन थालिएपछि पार्टी फुटको अवस्थासम्म पुगेको छ ।

विवादकै कारण असार १९ गते, २२ गतेको बैठक पनि स्थगित हुँदै आएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ३ : १६ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको