१ बैशाख २०८२, सोमबार | April 14, 2025

मंगलबार शेयर बजार ३७ अङ्कले बढ्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७ दशमलव ९३ विन्दुले बढेर एक हजार ३३६ दशमलव ६६ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ७१ अङ्कले बढेर २८२ दशमलव ५९ मा पुगेको छ । कुल १७८ कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता शेयर रु एक अर्ब २१ करोड २४ लाख २६ हजार २६७ मा खरिदबिक्री भए ।

आज कारोबार भएका कुल १२ उपसमूहको शेयर उकालो लागेको छ । स्टकका अनुसार बैंकिङ २५ दशमलव ८३, व्यापार ३४ दशमलव ६१, होटल १२७ दशमलव १, विकास बैंक ३४ दशमलव ८१, जलविद्युत् २६ दशमलव ४९, वित्त १९ दशमलव ४, निर्जीवन बीमा ३६५ दशमलव ४६, उत्पादन ४१ दशमलव ८३, अन्य २७ दशमलव ०५, लघुवित्त ७६ दशमलव ५५, जीवन बीमा १९८ दशमलव ३८ र सामूहिक लगानी कोष ० दशमलव १६ ले वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड १२ लाख ६७ हजार ८३ बरारबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको रु आठ करोड ६० लाख ३५ हजार १२०, हिमालयन डिष्टिलरी रु पाँच करोड ८६ लाख ६६ हजार ८८३, एनएमबी बैंक रु पाँच करोड नौ लाख २३ हजार १६१ र छिमेक लघुवित्त विकास बैंकको रु चार करोड २४ लाख १९ हजार ६२६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार आज मञ्जुश्री फाइनान्स, पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त, ओरियन्टल होटल, प्रुडेन्सिय इन्स्योरेन्सका शेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै हिमालयन जनरल इन्स्योरेन्स, ९ दशमलव ९७, सूर्योदय लघुवित्त ९ दशमलव ९५ र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकतो ९ दशमलव ९५ प्रतिशतले कमाए ।

यस्तै खानीखोला हाइड्रोपावर ३।८५, ग्लोबल आइएमई लघुवित्त ३ दशमलव ७१, घलेम्दी हाइड्रो ३ दशमलव ४५, रिलायन्स फाइनान्स ३ दशमलव ०८ र एनआईसी एसिया बैंकको संस्थापक शेयरधनीले २ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ५१ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु