२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कोरोनाबाट तरकारी र फलफूल बचाउने ५ टिप्स



यतिबेला विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको छ । भाइरस विरुद्ध अहिलेसम्म कुनै खोप या औषधी पत्ता नलागेका कारण विश्व स्वास्थ्य संगठनले लगातार विश्वभरका मानिसहरुलाई सामाजिक दूरी कायम गरेर आफै सचेत बन्न सचेत गराइरहेको छ ।

यतिबेला कोरोनाबाट वच्न सक्ने सबैभन्दा पहिलो उपाय भनेको व्यक्ति स्वयंको सचेतता नै हो । तर, यति भन्दा भन्दै मानिसको आम दैनिकी चलाउनैका लागि पनि हिँडडुल नगरी सुखै छैन ।

बिहान उठेदेखि राति सुत्नेबेलासम्म घरबाहिर कुनै न कुनै कारणबाट परिवारका कोही न कोही सदस्य निस्कनै पर्ने बाध्यता छ । भान्छा चलाउनकै लागि परिवारबाहेक दोस्रो व्यक्तिसँगको सम्पर्कमा पुग्नैपर्ने बाध्यता छ । तर, यसलाई पनि सचेत बने भाइरसको संक्रमणबाट जोगिन सक्ने उपायबारे जानकारहरुले आम मानिसलाई सचेत बनाइरहेकै छन् ।

आज हामी भान्सामा दैनिक उपयोग गर्नैपर्ने तरकारी फलफूल बजारबाट ल्याइसकेपछि कसरी सुरक्षित बनाउने भन्नेबारेमा केहि टिप्स दिन चाहन्छौं ।

फलफूल र तरकारीको कसरी सफाई गर्ने ?

* बजारबाट ल्याउने तरकारी र फलफूललाई घरको अलग्गै ठाउँमा झोलामै केहीबेर राखिरहने

*  फलफूल र तरकारीलाई सावधानीपूर्वक मनतातो पानीले पखाल्ने

* अथवा ५० पीपीएम क्लोरिन हालेर पानीमा तरकारी र फलफूलाई डुबाउने तर, यो गर्दैगर्दा पानी चाहिँ पिउन योग्य स्वच्छ पानी नै हुनुपर्छ    नि

* फलफूल र तरकारी धुनका लागि कुनै किटाणुनाशक या साबुनको प्रयोग गर्दै नगर्ने

* सफाई गरिसकेपछि जुन तरकारी फलफूललाई रेफ्रिजेरेटरमा राख्नुपर्ने आवश्यकता पर्छ, त्यसलाई रेफ्रिजेरेटरमा राख्ने, अरु तरकारी        फलफूललाई खुला स्थानमा बास्केट या याकमा राख्ने

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : ४२ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने