३ मंसिर २०८१, सोमबार | November 18, 2024

ज्ञानको पर्व गुरु पूर्णिमा



प्रत्येक आषाढ शुक्ल पूर्णिमाका दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाइन्छ। समाजमा रहेका हरेक मानिसलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने मानवरूपी देवता नै गुरु हुन् ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

महाज्ञानी महाभारतका प्रणेता अनेक पुराणहरूका प्रवक्ता अनि ज्ञानका प्रचारक वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

संस्कृतमा भनिएको छः
“गुरु ब्रम्हा गुरु विष्णु गुरुर्देवो महेश्वर।
गुरु साक्षात् परम्ब्रह्मा तस्मै श्री गुरुवे नमः।”

प्रस्तुत श्लोकले गुरुको महत्वलाई स्पष्ट गर्दै भनेको छ, “गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,गुरु नै हुन्सा क्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।”

वैदिक कालदेखि नै गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइने यो दिन गुरूप्रति शिष्यले सम्मान प्रकट गर्ने महत्वपूर्ण दिन पनि हो ।यस दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा वुवा सरह मान्ने प्रचलन समेत रहेको छ। तसर्थ वैदिक सनातन धर्मले मातापिता र गुरु सेवालाई नै परम धर्म र अन्यलाई उपधर्म मानेको छ ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो

। यसबाट पनि अन्धकाररूपी अज्ञानताबाट प्रकाशरूपी उज्यालोका लागि मार्ग निर्देश गर्ने व्यक्ति नै गुरु भन्ने बुझाउँछ । गुरु भनेको ज्योति हो , पारसमणी हो जसको स्पर्शले फलाम पनि सुनमा परिणत हुन्छ। समजमा विद्यमान अज्ञानि र मुर्ख ब्यक्ति पनि ज्ञानवान,कुशल र इमान्दार बनेको इतिहास छ। पैराणिक ग्रन्थका आधारमा पनि सम्पुर्ण देवताका आदिगुरू नारायण (विष्णु ) हुन् भनिएको पाइन्छ ।

त्यसैगरी रामजस्ता ज्ञानी र आदर्श पुरूषले पनि वशिष्ठ लाई आफ्नो गुरु बनाएका थिए ।त्यसै गरि पण्डवहरूले आफू बनवास जादा कहिल्यै गुरूको अभाव नहोस् भनेर नै उनिहरूले धौम्यऋषिलाई गुरु बनाएका थिए ।

अर्जुनले पनि भगवान श्रीकृष्णलाई गुरु बनाएर युद्धमा विजय प्राप्त गरेका थिए । समग्रमा गुरु भनेको अज्ञानरूपी अन्धकारलाई मेटाउने ज्ञानको ज्योति वा प्रकाश छर्ने दीप हो ।

गुरु बिना समाजमा कुनै पनि ज्ञान र सीपलाई प्राप्त गर्न गार्हो पर्दछ । हरेक गाउँ ,समाज र रास्ट्रलाई दक्ष, अनुशासित र लगनशील ब्यक्तिको खाँचो पर्दछ । अनि त्यस्ता व्यक्तिहरू उत्पादन गरि उनिहरूलाई मार्ग निर्देशन गर्ने आदर्श ब्यक्ति हो गुरु ।

त्यसैले पनि समाजमा त्यस्ता आदर्श ब्यक्ति गुरूजनहरू प्रती श्रद्धाभाव अभिव्यक्त गर्ने दिन पनि रहेकाले अषाढ शुक्ल पूर्णिमालाई रूपमा स्वीकार गर्दै मनाउने परम्परा रहेको हो। यसलाई ज्ञानको पर्व पनि मान्न सकिन्छ । तसर्थ गुरु पूर्णिमालाई राष्ट्रिय महत्त्व बोकेको धार्मिक पर्व हो भन्दा पनि अत्युक्ति नहोला । अस्तु ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ३२ बजे

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

काठमाडौं । “हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन

रुपन्देहीमा हुने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१