६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्रदेश सरकारद्धारा रक्तसंचार केन्द्र बुटवललाई नया उपकरण प्रदान



बुटवल । प्रदेश ५ सरकारले नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवललाई रगत सेपेरेसन, एजिटेटर, रेफ्रिजेरेटर, सिल्लार मेशिन र मोनिटर लगायत उपकरणहरु सहयोग गरेको छ ।

शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्य, केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले उपकरणहरु सार्वजनिक गरेका छन ।
ब्लड बैक सुदृढीकरण अन्तरगत नेपाल सरकार पाच नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा मेशिन उपलब्ध भएको केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले बताए ।

उपकरणहरु मूल्य २९ लाख ७७ हजार ५ सय ५० रुपैया रहेको उनले बताए । यसमध्ये २० प्रतिशत रकम ब्लड बैकले ब्यहोर्ने उनले बताए । नया उपकरणहरुले डेगु, मलेरिया, क्यान्सर लगायतका बिरामिलाई आवश्यक पर्ने पिआरपि, एफएफपि रगत बनाउन सहज हुने उनले बताए ।
केन्द्रका ल्याब सदस्य सचिव जोग बहादुर गुरुङले नया उपकरण पहिलेको भन्दा दोब्बर क्षमताको भएको उनले बताए । कार्यक्रममा वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्यले विरामीहरुको रगत उपलब्ध गर्नमा केन्द्रको योगदान महत्वपुर्ण भएको भन्दै अहिले जग्गाको समस्या सबै मिलेर हल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, स्वस्थ्य निर्देशनालयका रामप्रसाद भट्टराईले सामाजिक हितमा संस्थाबाट योगदान भएको बताए ।

बुटवल केन्द्र संचालनमा रहेको उपकरण भैरहवा शाखालाई हस्तान्तरण गरिने उनले बताए । केन्द्रमा प्राविधिक र कर्मचारी गरि १४ जनाले सेवा दिदै आएका छन ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ४ : १४ बजे

हुम्लाबाहेक देशभर डेङ्गी सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं । हुम्लाबाहेक देशभर डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश

काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला

भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

भैरहवा । भैरहवामा अन्डर-१९ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता सुरु

रामेछापमा जिप दुर्घटना, एकको मृत्यु, छ घाइते

मन्थली । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा

गोरखा मिडियाका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोग