१० मंसिर २०८१, सोमबार | November 25, 2024

सप्तरीमा चट्याङ्ग लागेर वृद्धको मृत्यु



सप्तरी । वर्षासँगै आएको चट्याङ्ग लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका एक वृद्धको विहीबार मृत्यु भएको छ ।

खेतमा हलो जोत्न गएका ७० वर्षीय धर्मी साहको मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताउनुभयो । गम्हरिया प्रवाहा गाविसका पूर्वअध्यक्षसमेत रहेका मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो ।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ । खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक/एक जनाको मृत्यु भएको बताउनुभयो ।

त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक/एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उहाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  ६ : ४३ बजे

पासपोर्ट सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने

काठमाडौँ । पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तिमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार

सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने

एनपीएलको ट्रफी सार्वजनिक, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

काठमाडौं । आगामी १५ गतेदेखि सुरु हुन गइरहेको नेपाल प्रिमियर

आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी