१ बैशाख २०८२, सोमबार | April 14, 2025

नेपालगन्ज उद्योग बाणिज्य संघको आन्दोलन : सरकोरवाला बैंकलाई बोलाएर दियो ऋण तिर्न नसक्ने जानकारी



नेपालगन्ज । कोरोना (कोभिड–१९) नियन्त्रण गर्न तीन महिनादेखि निरन्तर लागु गरेको लकडाउनका कारण प्रभावित बनेका उद्योगी, व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियत प्रभावकारी बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार सरोकारवाला निकायसंग छलफल गरेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका प्रबन्धक र उद्योगी, व्यवसायी सहितको सहभागितामा संघले छलफल गरेको हो ।

छलफलमा सहभागि उद्योगी, व्यवसायीले राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसारको ब्याज सहुलियतको प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गरे । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सामान्य राहत समेत नदिएको भन्दै बैंक तथा वित्तीय संस्थाको आलोचना गरे । उनले भने,–‘यत्रो महासंकट आयो । त्यसले गर्दा उद्योग, व्यवसाय प्रभावित बनेको जगजोहर नै छ तर कुनै राहत दिइएन ।’ श्रेष्ठले राहतको प्रभावकारी कार्यान्वयन र थप राहतका लागि राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्योगी, व्यवसायीले तीन महिनाको अवधिमा कुनै पनि उद्योग, व्यवसाय संचालन गर्न नसकेका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको बताए । उनले सहुलियतका लागि सरकारको ध्यानार्कषण गराउँदै नयाँ मौद्रिक नीतिबाट व्यवसायीका समस्या समाधान हुने गरि नीति बनाउन राष्ट्र बैंकलाई आग्रह गरे ।

नेपाल राष्ट्र बैंक नेपालगन्जका निर्देशक मुक्तिप्रसाद सापकोटाले थप सहुलियत दिन नीतिगत निर्णय आवश्यक पर्ने बताउँदै केन्द्रीय तहको कुरा भईसकेको जानकारी दिंदै राष्ट्र बैंकका निर्देशन पालना नभएको अवस्था आएको भए आफुलाई खबर गर्न आग्रह गरे ।

छलफलमा सहभागि अन्य बैंक तथा वित्तीय संस्थाका प्रबन्धकहरुले नियम अनुसारको सहुलियत पाउनेमा ढुक्क हुन आग्रह उद्योगि व्यवसायीलाई आग्रह गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघले ब्याजदरमा सहुलियत र अन्य राहतका कार्यक्रमको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने योजना समेत बनाइरहेको महासचिव चिरञ्जीवी ओलीले बताए । सोही योजना अन्र्तगत बैंक तथा वित्तीय संस्थाका प्रमुख र उद्योगी, व्यवसायीबीच छलफल आयोजना गरिएको हो । छलफलमा संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्म अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, बरिष्ठ उद्योगपति कन्हैयाल बैद्य, प्रवक्ता टंकबहादुर धामी, बरिष्ठ सदस्य बसन्त लामिछाने लगायतले सुझाव दिएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ५ : ३८ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु