२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

नक्कली छाप र लालपुर्जा बनाउंदै ऋण प्रवाह गर्ने बैंक कर्मचारी धमाधम प्रहरी नियन्त्रणमा



नेपालगञ्ज । सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर ऋण प्रवाह गरेको अभियोगमा नेपालगन्ज स्थित राष्ट्रिय बाणिज्य बैंक, त्रिभुवनचोक शाखाका थप एक जना कर्मचारीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्जका सुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले राष्ट्रिय बाणिज्य बैकको, नेपालगञ्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैया ऋण लिएको घटनामा सरकारी छाप किर्ते र नक्कली कागजात पेश गरेर अभियोगमा बैंकका थप एक जना कर्मचारी पक्राउ परेका हुन् ।

बैंकका ऋण सिफारिस समितिका सदस्य रहेका कलबहादुर ओलीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । यस अघि असार १२ गते नै सोहि अभियोगमा बैंकका शाखा प्रवन्धक ललितबहादुर शाही पक्राउ परिसकेका छन् । गत जेठ २७ गते पक्राउ परेका सुनचाँदी व्यवसायी जसगढमाथि अनुसन्धान गर्नेक्रममा बैंकका प्रबन्धक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरुमा प्रहरीले सरकारी छाप र कागजात किर्तेको अनुसन्धान गर्ने तथा सम्बन्धित बैंकको अनुसन्धानमा बैंकिङ कसुर ठहर भई आएमा बैंकिङ कसुरको मुद्दा समेत चल्ने जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता नायव प्रहरी उपरिक्षक सुवास खड्काल् जानकारी दिए । उनीहरु माथि बैंकले अनुसन्धान गरिरहेको खडकाले बताए । बैंकिङ कसुरको अनुसन्धानमा बैंकका माथिल्लो तहका कर्मचारी पनि तानिन सक्ने आकलन गरिएको छ ।

सुनचाँदी व्यवसायी जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर एक करोड २५ लाख ऋण लिएका थिए । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख बैंकबाट ऋण लिएका थिए ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ८ : १६ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको