१ बैशाख २०८२, सोमबार | April 15, 2025

सेयर बजारमा उछाल, उच्च अंकको वृद्धिपछि तीन पटक सर्किट ब्रेक



काठमाडौं । कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो साता समेत बजार दुई दिनका लागि खुला गरिएको थियो । लगातार ओरालो लागेपछि बजार पुनः बन्द गरियो । यही असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको थियाो। स्टकका अनुसार सोमबार बजार भने दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको थियो ।

मंगलबार बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगाएको थियो ।
स्टकका अनुसार कूल ७२ दशमलव ०५ बिन्दुले बजार उकालो लागेको छ । प्रतिशतका आधारमा ६दशमलव ६ ले नेप्से बढोत्तरी भएको छ । नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार एक हजार २६० दशमलव ७५ मा पुगेको छ । कोरोना कहरपछि बजारमा उच्च बिन्दुले सुधार भएको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत १५ दशमलव ६३ विन्दु अर्थात ६दशमलव१० प्रतिशतले बढेको छ ।

कूल १३४ कम्पनीको चार लाख ८९ हजार ५३७ कित्ता शेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो । स्टकले नेप्से पाँच प्रतिशत बढीले वृद्धि भएका कारण मंगलबारको कारोबार स्थगन भएको जनाएको छ । कारोवार शुरु भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो ।

दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढेपनि कारोबार आजका लागि बन्द भयो ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूह मध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ । होटल ४७ दशमलव ८४ र सामूहिक लगानी कोष ० दशमलव ०३ ले घटेको छ । यस्तै बैंकिङ ७३।७२, व्यापार ६५।७३, विकास बैंक ६५ दशमवल ६६, जलविद्युत् ३९ दशमलव ७७, वित्त ४ दशमलव ९७, निर्जीवन बीमा २९६ दशमलव १५, उत्पादन १२२ दशमलव १७, अन्य २३।९७, लघुवित्त ७७ दशमलव ७ र जीवन बीमा ६३४ दशमलव ९८ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको तीन करोड ६४ लाख ३८ हजार ६० बराबरको कारोबार भयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तीन करोड ५२ लाख २३ हजार ७९०, साना किसान विकास बैंक एक करोड ६७ लाख ७१ हजार ६९८, शिवम सिमेन्ट एक करोड २६ लाख ३० हजार ८०७, नेपाल पुर्नबीमा कम्पनी ७० लाख १६ हजार ५९०, एनएमबी बैंक ६३ लाख ४३ हजार ६९७ र नबिल बैंक ६२ लाख दुर्इ हजार ५८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । साल्ट टे«डिङ कर्पोरेशन ९ दशमलव ९८, विजय लघुवित्त वित्तीय संस्था ९ दशमलव ९८, हिमालयन डिस्टिलरी ९ दशमलव ९६ र साना किसान विकास बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल पुर्नबीमा कम्पनी ९ दशमलव ९४, ओरियन्टल होटल ९ दशमलव ७३, सानिमा इक्विटी फण्ड ३ दशमलव ८९, वेस्ट फाइनान्स कम्पनी २ दशमलव २७, एनआइबिएल समृद्धि फण्ड एक १ दशमलव ९९ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयधरनीले १ दशमलव ९७ प्रतिशतले कमाएका छन् । बजारमा देखिएको उच्च वृद्धिले कोरोना पछि थला परेको अर्थतन्त्रलाई क्रमशः माथि लैजान बल पुग्ने टिप्पणी बजारमा गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ४ : ५८ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु