५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा झडप



पोखरा । पोखरामा कोरोनाबाट मृत्यु भएका ब्याक्तिको शव व्यवस्थापन गर्ने क्रम प्रहरी बिटमा ढुङगामुढा गरेपछि झडप भएको छ ।

स्याङजा आधीखोला गाउपालिकाका एक ब्याक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो राती मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागी पोखरा महानगरको ३२ नम्बर वडामा पर्ने मजुवामा ठाउ तय गरिएको र त्यस ठाउमा कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापन गर्न नहुने भन्दै स्थानियको अवरोधसँगै प्रहरी बीटमा ढुंगामुढा प्रहार गरेपछि प्रहरी र स्थानिय बीच झडप भएको हो ।

भीड नियन्त्रणका लागी ससस्त्र प्रहरीले आठ राउण्ड हवाइ फायर गरेको थियोभने स्थानियलाई तितरवित पारेपछि उक्त स्थानमा नेपाली सेनाले शव व्यवस्थापन गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार पोखरा महानगरले शव व्यवस्थापनको लागी पोखरा ३२ को मजुवामा ठाउ तय गरेपछि स्थानियहरुले सकडमा टायर बालेर अवरोध गरेपछि उक्त भीडलाई हटाउने क्रममा झडप भएको थियो । झडपका क्रममा ३ वटा मोटरसाइकलमा समेत क्षती पुगेको छ ।

यसअघि पनि कोरोनाका कारण स्याङजाका एक व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा पोखराको ११ र २० नम्बर वडाका स्थानियहरुले अवरोध गर्दा झडप भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ४ : ०५ बजे

प्रधानमन्त्रीसँग शिक्षक महासङ्घका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले

‘हेमोग्लोविनोप्याथी रोग नियन्त्रणका लागि जनचेतना फैलाउन आवश्यक’

नेपालगन्ज । सिकनसेल रोगको न्युनिकरण र उपचारका लागि जनचेतना अझै

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी