२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

संगठित अपराध, गुण्डागर्दी, सिमा अपराध गर्नेमाथि बाँके प्रहरी निर्मम बन्ने



नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले संगठित अपराध, गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि निर्मम प्रहार गर्ने भएको छ ।

हालसालै प्रहरी प्रमुखको सरुवा भएर आएका एसपी ओमबहादुर रानाले सोमबार नेपालगन्जमा पत्रकार भेटघाट गरी अपराध गर्नेहरुमाथि निर्ममतापूर्वक अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । रानाले जिल्ला प्रहरी कार्यालय बाँकेका लागि १७ बुँदे कार्ययोजना सार्वजनिक गर्दै एसपी रानाले आपराधिक कर्म गर्नेहरुप्रति कठोरतापूर्वक कारवाही गर्ने जनाए । अपराधिक क्रियाकलाप उपर कानुनी कठोरता आत्मसाथ गर्दै विवेकपुर्ण प्रहार गर्ने रणनीति रहेको उनले बताए ।

एसपी रानाले प्रहरीको कार्य योजना अन्तर्गत हरेक नागरिकलाई छिटो छरितो सरल समान र नागरिक मुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता पनि जनाए । उनले खुल्ला सिमा नाकाबाट हुने सिमा अपराध चोरी निकासी तथा पैठारी नियन्त्रण, अपराध अनुसन्धान÷तहकिकातमा उच्चतम प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानमा जोड दिने धारणा राखे ।

यसैगरी, कार्ययोजनामा लागु औषध दुब्र्यसनी तथा ओसार पसार तथा कारोबार नियन्त्रण र न्युनिकरण, फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ, सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यवस्थापनसँगै जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, घरेलु हिंसा लैंगिक हिंसा महिला बालबालिका जेष्ठ नागरिक तथा असक्त ब्यक्ति उपर हुने अपराधमा कानुनी कठोरता र पीडितमैत्री वातावरणको सिर्जना विषय समेटिएको छ । रानाले भने, ‘प्रहरी कर्मचारीको वृत्ती विकासको लागि अवसरको सृजना, रुची अनुसारको जिम्मेवारी र समान अवसर प्रदान गरी सांगठनिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएका छौं ।’

यसैगरी कार्ययोजनामा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत सामाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कार्यान्वयन, प्रहरी युनियनहरुको आवश्यकता अनुसार स्तरोन्नती, जग्गा प्राप्ती तथा भवन निर्माण कार्यमा ठोस पहल गरिने रहेको छ ।

मानव अधिकारको संरक्षण र सम्वद्र्धन, सामाजिक धार्मिक भेगियताको विविधाको सुन्दर पक्षलाई भाईचारा कायम राखिने, राज्य विरुद्ध हुने कुनैपनि गतिविधिलाई कानुन बमोजिम निर्मुल गर्ने र कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण र प्रभावकारी ब्यवस्थापन गर्ने कार्ययोजना पनि जिल्ला प्रहरी कार्यालयको रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : २० बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने