५ आश्विन २०८१, शनिबार | September 22, 2024

बैंकको सहुलियत प्रभावकारी कार्यान्वयन गराउन राष्ट्र बैंकसंग व्यवसायीको माग



नेपालगन्ज । सरकारले बैंकमार्फत घोषणा गरेको बिभिन्न छुट सुविधा कडाईका साथ कार्यान्वयन गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ ।

नेपालगन्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरुले आज नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटासंग भेट गर्दै सरकारले दिएको ब्याज लगायतका छुटको प्रभावकारी कार्यान्वयनका लागि ध्यानार्कषण गराएको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले केही बैंक तथा वित्तीय संस्थाले ब्याज छुट कार्यान्वयन नगरेको गुनासो गरे । उनले केहि बैंकहरुले सरकार र राष्ट्रबैंकको निर्देशन कार्यान्वयनमा आलटाल गरिरहेको बताउंदै राष्ट्र बैंकले कडाईका साथ कार्यान्वयन गराउन पहल गर्न माग गरे ।

तीन महिना लामो लकडाउनका कारण व्यापार, व्यवसाय अवरुद्ध भएपछि राष्ट्रबैंकले बैंकको ब्याजमा केही छुट दिने घोषणा गरेको छ । लकडाउनको अवधिमा सावा, ब्याज बुझाउन समस्या रहेको भन्दै व्यवसायीले समय थप गर्न माग गरेका छन् । तर घोषणा भएकै सहुलित दिन समेत केही वित्तीय संस्थाले अनाकानी गरेको व्यवसायीको गुनासो छ ।

सरकार र राष्ट्रबैंकको निर्देशन नै कार्यान्वयन नगर्ने बैंकहरुमाथि कारवाहि गर्न राष्ट्रबैंक तयार हुनु पर्ने संघका महासचिव चिरन्जिबी ओलीले बताए । ओलीका अनुसार, भेटघाटका लागि उद्योग बाणिज्य संघको कार्यालयमा बोलाईएका राष्ट्र बैंकका निर्देशक सापकोटाले ब्यवसायीहरुलाई नियमनको कार्य प्रभावकारी बनाउने विषयमा निश्चिनत हुन आग्रह गरेका थिए ।

छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले लकडाउनका कारण उद्योगी, व्यवसायी ऋण तिर्न सक्ने अवस्थामा नरहेको बताएका थिए । छलफलमा संघका उपाध्यक्ष अमित बस्नेत, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामी, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५४ बजे

भैरहवामा नेपाली महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा ४ भारतीय सहित ६ जना पक्राउ

भैरहवा । भारतबाट नेपाल आएर जबरजस्ती करणी गरेको आरोपमा ४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शत्प्रतिशत विद्यार्थी पास

सुर्खेत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य

पत्रकार तथा सञ्चारकर्मी पुरस्कृत गर्दै प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास

नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्छ : महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा

जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी

ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले