२ बैशाख २०८२, मंगलबार | April 15, 2025

संखुवासभाको मकालुमा पहिरो झर्दा आंशिक रुपमा अरुण नदी थुनियो



संखुवासभा । ७ संखुवासभाको मकालु गाउँपालिका वाड नं.२ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो झरेर अरुण नदीको केही भाग थुनिएको छ ।

केही दिन अघिदेखि परेको अविरल बर्षाको कारण गएराति गएको पहिरोले आंशिक रुपमा अरुण नदी थुनिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले बताए ।

मल्लका अनुसार, गएराति गएको पहिरोले स्थानीय ललितबहादुर राई र उनको छोरा जयप्रकाश राईको ७ जनाको परिवार विस्थापित भएको बताए ।

विस्थापित परिवारलाई घरबाट केही टाढाका समथर भूभागमा प्रहरी र गाउँलेहरुले उद्धार गरेको छ । ललितबहादुरको घरमुनीबाट करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको छ ।

ललितबहादुरका साथै २ नम्बर वडा सदस्य हिरालाल राई र बिर्खबहादुर राईको गोठ समेत उच्च जोखिममा परेको छ । पहिरोका कारण स्थानीयहरु त्रसित बनेका छन् । गयराती देखी गएको अझै पनि रोकिएको छैन् । पहिरो झरिरहेको प्रहरीको भनाइ छ । घटनाको सम्पूर्ण विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रनाउ मल्लको भनाइ छ ।

अरुण थुनिएपछि बहुचर्चित ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्यामसाइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रहरु समेत जोखिममा परेका छन् । त्यसका साथै अरुण नदीसंगै हेलुवाबेसी, चेवाबेसी, मनकामना लगायतका क्षेत्रका नदी आसपासका स्थानीयहरुमा जोखिम बढेको छ । स्थानीय प्रशासनले सर्तक र सचेत रहन समेत आग्रह गरेको छ । उक्त क्षेत्र गत वर्ष समेत ठूलो पहिरोले धेरै ठूलो क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  २ : २४ बजे

गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६

महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ : हसिना खान

काठमाडौं । बाँके जिल्लाको सदरमुकाम नेपालगन्जबाट करिब छ किलोमिटरपूर्व यात्रा

कक्षा १२ को परीक्षाका कुनैपनि काममा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई महासंघको अपिल

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी-जोमसोम-कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै

ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण

म्याग्दी । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१