२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

सूर्यग्रहण जारी, २ बजेर २३ मिनेटमा सकिने



काठमाडौं । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको खण्डग्रास सूर्यग्रहण जारी छ ।

३ घण्टा ३३ मिनेट अवधि लामो वलय सूर्यग्रहण विश्वका विभिन्न मुलुकबाट हेरिएको छ । अपरान्ह २ बजेर २३ मिनेटमा सकिने सूर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिएको छ ।

काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको छ । तर, नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

खगोलविद्हरुका अनुसार दिउँसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देखिएको छ । सो समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव भएको छ ।

सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन् । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिने छ ।

धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छन भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने छ । तर खगोलविद्हरुले भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।

तस्बिरः प्रदीपराज वन्त/रासस

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  १ : ४४ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने