५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

गण्डकीमा कोरोना संक्रमितको संख्या ३४८ पुग्यो, २४ घण्टामा थपिए २४ जना



पोखरा । बागलुङमा १४ जनासहित गण्डकी प्रदेशमा २४ घण्टामा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशक‍ स्वास्थ्य निर्देशनालयले बिहानै जारी गरेको तथ्याङ्क अनुसार बागलुङको गलकोट र काँठेखोलाका १४ जनामा संक्रमण देखिएको छ ।

गलकोट नगरपालिका १९ वर्षदेखि ४५ वर्ष उमेरसम्मका ८ जना र काँठेखोला गाउँपालिकाका २० देखि २९ वर्षसम्मका ६ जना संक्रमित रहेका छन् ।

यसैगरी, पोखरा महानगरपालिकाका ३ जना र रूपा गाउँपालिकाका ३ जनामा गरी कास्कीमा ६ जना नयाँ संक्रमित थपिएका छन् ।

यस्तै, स्याङजाको कालीगण्डकी गाउँपालिकाका १ र अर्का १ गरी दुई जना र नवलपरासि पूर्वको विनय त्रिवेणी गाउँपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा हालसम्म ३४८ जना संक्रमित पुगेका छन् ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ६ : ५९ बजे

गुरुहरूको आन्दोलन यात्रुलाई सास्ती…सरहरु भन्छन् -‘सरकारले नसुनेपनि हेरिरहेको छ’

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका

सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित भएको कर्णालीका मुख्यमन्त्री कँडेलको आरोप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण

दर्ता गर्न नआए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न तोकेको म्याद सकिन

पुल्चोक-गोन्द्राङ सडकको उद्घाटन

चितवन । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ।

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाका