५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

रूकुम घटनाका २१ प्रतिवादीको बयान सकियो



पश्चिम रूकुम । पश्चिम रूकुमको चौरजहारी नगरपालिकास्थित सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ ।

सोमबारदेखि शुरु भएको बयानअन्तर्गत बुधबार थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ । यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ ।

पक्राउ परेकामध्ये अब आठ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । सोमबार दुई नाबालक र मङ्गलबार नौ जनाको बयान सकिएको थियो ।

प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । ‘पक्राउ परेका प्रतिवादीहरुको बयान भोलि(बिहीबार)सम्ममा सकिने देखिएको छ,’ उनले भने, ‘बयान सकिएलगत्तै थुनछेक बहस शुरु हुने छ, समय भए भोलिबाटै पनि थुनछेक बहस शुरु हुन सक्छ ।’

उनका अनुसार बिहीबार बयान सकिन समय लागे शुुक्रबारदेखि थुनछेक बहस शुरु हुने छ । गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोप लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले रुकुम अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् ।

चौँतीस जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा दर्ता गरिएको छ भने एक जनाविरुद्ध मतियारको मुद्दा लगाइएको छ ।

यसैबीच सोमबार बयान र थुनछेक बहस सकिएका दुई नाबालकलाई भने मुद्दा पुर्पक्षका लागि बालसुधारगृहमा पठाउन अदालतले आदेश दिइसकेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ६ : ५४ बजे

जङ्गलको बीचमा गुडीरहेको खाली बसमा आगलागी

कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका ५ आलिनगरको जंगलमा खाली बसमा

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ । दाङमा आज साँझ बस दुर्घटना हुँदा दुई जनाको

एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली

चितवन । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी

लुम्बिनी कप महिला फुटबल : त्रिभुुवन आर्मीको बिजयी शुरुवात

नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा त्रिभुुवन

गुरुहरूको आन्दोलन यात्रुलाई सास्ती…सरहरु भन्छन् -‘सरकारले नसुनेपनि हेरिरहेको छ’

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका