२८ मंसिर २०८२, आइतबार | December 14, 2025

सप्तरीमा संक्रमित युवाले दाढी कटाएका हजामसहित १२ जना क्वारेन्टाइनमा



सप्तरी । डियुटीमा खटिएका स्वास्थ्यकर्मीलाई झुक्याएर क्वारेन्टाइनबाट घर गएका एक युवकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

राजविराज नगरपालिका १ डुमरी शिवथानका ती युवक जेठ १३ गतेदेखी राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा रहेका थिए । उनी आफ्ना ५१ वर्षीय बाबुसँगै भारतको पञ्जाबबाट फर्के लगत्तै क्वारेन्टाइनमा रहेका थिए । बाबुछोरा सँगै बसे पनि जेठ ३१ गते बाबुको पिसिआर रिपोर्ट नेगेटिभ आएपपछि उनलाई डिस्चार्ज गरिएको थियो ।

यता बाबुको रिपोर्ट नेगेटिभ आएपछि आफ्नो पनि नेगेटिभ नै होला भन्ने ठानेर उनी डिस्चार्ज हुने अर्कै व्यक्तिको नाममा क्वारेन्टाइनका स्टाफलाई झुक्याउँदै भोली पल्टघर पुगेका थिए । तर, घर पुगेको भोलिपल्टै असार १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि गाउँमा त्रास र खैलाबैला मच्चिएको हो ।

यसैबीच गाँउमा पुगेपछि नजिकैको दाढी काट्ने व्यक्ति हजामलाई घरमै बोलाएर बाबुछोरा दुबैले दाढी काट्न लगाएका थिए । गाउँमै दाढी काट्ने आएको देखेर अन्य १०÷११ जनाले पनि दाढी कटाएको स्थानियले बताएका छन् । स्थानियले क्वारेन्टाइनमा खटिएका कर्मचारी र स्वास्थ्यकर्मीको लापरवाहीले कैयौं व्यक्तिको ज्यान जोखीममा परेको गुनासो पोखेका छन् ।

यता संक्रमित यूवक समेतको दाढी काटेका हजामले थप १२ जना व्यक्तिको समेत दाढी काटेकाले संक्रमणको त्रास फैलिएको वडा अध्यक्ष चन्द्रशेखर चौधरीले बताए छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले पिसिआर परिक्षण रिपोर्ट नआउँदै क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारीलाई झुक्याएर घर पुगेका व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएलगत्तै प्रहरीको सहयोगमा सोमबार राती नै नियन्त्रणमा लिई साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखिएको जानकारी दिए ।

संक्रमित व्यक्तिका परिवारका सबै सदस्य तथा दाढी काट्ने हजामलाई समेत मंगलबार बिहानै क्वारेन्टाइनमा ल्याइसकिएको तथा उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ कार्य अघि बढाइएको उनले बताए ।

एक व्यक्तिका कारण कोरोनाको जोखिम समुदायमै फैलिने सम्भावना बढेको भन्दै स्थानियले क्वारेन्टाइन स्थलहरुको बन्दोबस्ति र सुरक्षा व्यवस्थाका साथै उक्त घटनाबारे सत्यतथ्य छानबिन हुने माँग गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ६ : ३२ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई