२३ भदौ २०८१, आइतबार | September 8, 2024

लद्दाखस्थित एलएसीमा भारतीय र चिनिया सेनाबीच हिंसक झडप, तीन भारतीय सैनिकको मृत्यु



एजेन्सी । भारतीय र चिनियाँ सैनिकबीच पूर्वी लद्दाखको विकट गलवान उपत्यकामा हिंस्रक झडप हुंदा तीन भारतीय सैनिक मारिएका बिबिसीले जनाएको छ ।

भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको भारतीय अधिकारीले बताएका छन् । भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

झडपको लगत्तै दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गरिरहेको पनि बिबिसीले जनाएको छ । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ भने चिनीया सैनीकले भारतीय सेनाले सिमामा सुरक्षा मापदण्ड नाघ्न खोज्दा झडप भएको आरोप लगाएको छ ।

उता भारतीय अखबार अमर उजालाका अनुसार सोमबार राती पूर्वी लद्दाखको गाल्भान उपत्यकामा सेना पछाडि पार्ने क्रममा दुबै पक्षमा हिंसात्मक झडप भएको थियो। यसमा भारतीय सेनाका एक अधिकारी र दुई सैनिक मारिए। भारतीय सेनाले आफ्नो विज्ञप्तिमा भनिएको छ कि हिंसात्मक झडपमा दुबै
लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो। भारत(चीन सीमा क्षेत्रमा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

सन् १९६७ मा सिक्किममा भारत र चीनका सैनिक आमनेसामने भएका बेला ८० भारतीय सैनिक मारिएका थिए भने चिनियाँ सैनिकमा पनि हताहती भएको थियो।

स्थितिलाई सामान्य बनाउन दुबै पक्षका वरिष्ठ अधिकारीहरू बैठक गरिरहेका छन्। सेनाका स्रोतहरूले उद्धृत गरे कि भारत र चीनका मेजर जनरलहरू वर्तमान परिस्थितिमा वार्ता गरिरहेका छन्।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनाको बिषयमा सुरक्षा रक्षा प्रमुख जनरल बिपिन रावत र विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका छन्।

भारत र चीनबीचको सीमा विवाद झन्डै एक महिनादेखि चलिरहेको छ र वार्ताबाट यसलाई सुल्झाउने प्रयास भइरहेको छ। दुबै पक्षबाट वार्ता जारी रहेका बेला हिंसात्मक झडपको घटना सार्वजानिक भएको हो ।

ग्लोबल टाइम्सको उद्धृत गर्दै उता चीनका परराष्ट्रमन्त्रीले चिनीया सिपाहीहरूले सिमाना उल्लंघन नगरेको दाबी गरेकाछन् । चिनीया परराष्ट्रमन्त्रीले भारतीय सेनाले सीमामा उत्तेजक कार्य सुरु गरेको आरोप लगाएको अमर उजालाले लेखेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  २ : ५३ बजे

थारू समुदायको अटवारी पर्व : दिदीबहिनीका लागि व्रत लिएर मनाइँदै

कैलाली । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ

लुम्बिनी प्रदेशका सभामुखले थारु भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा अंगिकार गर्न पहल गर्ने

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले थारु भाषालाई

मौलिक, कला, संस्कृतिहरूको प्रवर्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने

गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको