५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

कर्णालीको बजेट ३३ अर्ब ७४ करोडको, कोरोना नियन्त्रण र रोजगारी मुख्य प्राथमिकता



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औँ बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट सोमबार प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आव २०७७/७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ ।

सोअनुसार पूँजीगततर्फ १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब, ९९ करोड ६५ लाख ९९५० बजेट विनियोजन गरिएको छ ।

चालू खर्चअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि ८७ करोड ४१ लाख, रोजगारीका लागि दुई अर्ब ५८ करोड २६ लाख र अन्य कार्य तथा प्रशासनिक खर्च आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रुपैयाँ रहेको छ ।

अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ३० करोड छ लाख ५३ हजार, चालु आवको खर्च नभई बचत हुने रकम ११ अर्ब १९ करोड नौ लाख ८५ हजार, सङ्घीय सरकारबाट राजश्व बाँडफाँडवापत प्राप्त हुन आएको सात अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको नौ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रु चार अर्ब ४९ करोड ११ लाख परिचालन गरिनेछ

नेपाल सरकारको समपुरक अनुदानवापत् २५ करोड २५ लाख, विशेष अनुदानवापत् ४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा एक करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ ।

प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको –कोभिड १९ बाट उत्पन्न महामारी, त्यसले सिर्जना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : २२ बजे

लुम्बिनी कप महिला फुटबल : त्रिभुुवन आमीको बिजयी शुरुवात

नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा त्रिभुुवन

गुरुहरूको आन्दोलन यात्रुलाई सास्ती…सरहरु भन्छन् -‘सरकारले नसुनेपनि हेरिरहेको छ’

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका

सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित भएको कर्णालीका मुख्यमन्त्री कँडेलको आरोप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण

दर्ता गर्न नआए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न तोकेको म्याद सकिन

पुल्चोक-गोन्द्राङ सडकको उद्घाटन

चितवन । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ।