१० माघ २०८१, बिहिबार | January 23, 2025

आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, ‘एमसीसी’ छलफलको एजेण्डा



काठमाडौं । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न भन्दै पटक पटक मिती तय गर्दै स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज चार बजे बस्ने भएको छ ।

आजको बैठक पनि एमसीसीबारे छलफल गर्न बोलाईएको बताईएको छ । नेकपाका एक नेताका अनुसारमा बैठकमा नेता भीम रावल, मन्त्रीहरु युवराज खतिवडा र प्रदीप ज्ञवालीलाई पनि सहभागी गराइने छ ।

यस अघि जेठ २७ बोलाइएको बैठक स्थगित गरिएको थियो ।

एमसीसीलाई लिएर विवाद बढेपछि गत जेठ १७ गते पनि नेकपा सचिवालय बैठक बसेको थियो । तर यस विषयलाई नेकपाले कुनै निर्णय गर्न सकेको छैन । एमसीसीकै कारण नेकपाको स्थायी समितीको बैठक समेत बस्न नसकेको बताईएको छ । स्थायी समिति र केन्द्रीय कमिटीमा एमसीसीको एजेण्डामा पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली अल्पमतमा रहेका कारण उनले बैठक बोलाउन अनिच्छा देखाएपछि बैठक बस्न नसकेको नेकपा श्रोतले बताएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  १० : ४० बजे

प्रचण्डद्वारा बाँकेको खजुरामा बहुउद्देश्यीय सभा हल उद्घाटन

बाँके । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

दोहोरो अंकले घट्यो नेप्से, कारोबार पनि कम

काठमाडौं। आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ

गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक ९एडिबी०का

प्रचण्डले बाँकेको खजुरामा भेटे जनयुद्धका सहिद परिवार

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको