२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

पर्वतको दुर्लुङ ढकालबारीमा पहिरोले दुई घर पुरिए, ३ जनाको मृत्यु, ६ बेपत्ता



पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा पहिरो जाँदा दुई घर पुरिएका छन् ।

भिषण वर्षाका कारण राति ९ बजे पहिरो झरेको स्थानियले बताएका छन् । पहिरो गएको स्थान ढकालबारी, काफलचौर सरुनचौर क्षेत्र हो ।

अहिले राति ११ बजेसम्मको समयमा ३ जनाको शव भेटिएको छ । ६ जना पहिरोमै बेपत्ता रहेको घटनास्थलमा रहेका प्रहरीको भनाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी निरिक्षक बुद्धि सुवेदीका अनुसार पहिरोले पुरिएर अन्य ६ जना सम्पर्क विहीन छन् । अहिले भिषण पानी परिरहेको र खोजी कार्यलाई पनि जारी राखिएको उहाले बताउनुभएको छ ।

पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका तुलबहादुरकी श्रीमती मिनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन् ।

वडा नम्बर तीनका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार कमला विकको पनि शव फेला पारिएको छ । उद्धारका लागि नेपाली सेनासहितको टोली पनि घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ६ : ५४ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने