१ बैशाख २०८२, सोमबार | April 15, 2025

लिस्बन च्याम्पियन्स लिगका बाँकी खेलहरु सुरुगर्न तयार



काठमाडौं । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियन्स लिग अन्तर्गतका बाँकी खेलहरु सुरु गर्ने अनुमति दिए त्यसका लागि लिस्बन तयार रहेको देखिएको छ ।

लिस्बनले ८ टिमको नकआउटका लागि आफू तयार रहेको जनाएको हो । आउँदो अगस्तमा खेल गर्नका लागि तयार रहेको लिस्बनले बताएको हो ।

सामान्य अवस्थामा मे ३० मा स्थानबुलमा यो सिजनको च्याम्पियन्स लिग फुटबलको फाइनल हुने तय थियो । तर महामारीका कारण खेल रोकिएपछि त्यो सम्भाव भएन । युइएफएले अब बाँकी खेलहरु सुरु भएको अवस्थामा स्थानबुलको विकल्प खोजेको छ ।

यस्तै युरोपा लिगको फाइनल सामान्य अवस्थामा पोल्याण्डको ग्डान्स्कमा हुने तय थियो तर अब जर्मनीमा हुन सक्ने भएको । युइएफएको कार्यकारी समितिले जुन १७ मा यसबारे निर्णय गर्ने छ ।

च्याम्पियन्स लिगका बाँकी खेलहरु सुरु गर्नका लागि क्वाटरफाइनल, सेमिफाइनल तथा फाइनल खेल एकै ठाउँमा गर्ने विकल्पटमा छलफल भइरहेको छ । लिस्बनले त्यसका लागि आफू तयार रहेको बताएको हो ।

च्याम्पियन्स लिगको फाइनल आउँदो अगस्ट २३ तथा युरोपका लिगको फाइनल अगस्ट २१ मा गर्ने गरी तयारी भइरहेको छ ।

पोर्चुगिज प्रिमियरा लिग क्लब लिस्बनसँग दुईवटा रंगशाला छन् । प्रिमियरा लिग जुन ३ देखि पुनः सुरु भएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  ६ : ०६ बजे

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका

जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना : बाबुको मृत्यु छोरा घाइते

पाल्पा । पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु भएको छ

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु