२५ चैत्र २०८१, सोमबार | April 8, 2025

कैलालीको टिकापुरमा एकै रात तीन किशोरी बलत्कृत, बलात्कारको अभियोगमा ४ पक्राउ



कैलाली । सरकारको लकडाउन जारी रहेकै बेला कैलालीको टिकापुरमा एकै रातमा १५ वर्ष मुनिका ३ जना किशोरीमाथि बलात्कार भएको छ ।

राति एक बजेको समयमा टीकापुर नगरपालिका–१ स्थित रानी कुलोको किनारमा तीन किशोरीमाथि जबर्जस्ती करणी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटना भएको १ दिन पछि प्रहरीले बलात्कारको आरोपमा ४ जनालाई पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिकाका १९ बर्षीय डम्बर ठकुल्ला १८ बर्षीय सन्दिप ठकुल्ला, २१ बर्षीय दीपक बुढा, र २० बर्षीय दीपक ठकुल्लालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
बलात्कार गरी फरार भएका चार जना पक्राउ गरिएको र अन्य फरार अभियुक्तहरुको खोजी कार्य भइरहेको डिएसपी विष्टले बताए ।

विष्टका अनुसार तीन किशोरीमा जवर्जस्ती करणी गरी फरार भएका चार जनालाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकालाई जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ८ : ४२ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग