२९ मंसिर २०८२, सोमबार | December 16, 2025

सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमायो : डा. मिनेन्द्र रिजाल



काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्रप्राद रिजालले सरकारले राजश्व उठाउन सक्ने क्षमता गुमाएको बताउनुभएको छ ।

संघीय संसद प्रतिनिधि सभामा शनिबार पनि जारी रहेको विनियोजन विधेयक माथिको छलफलमा सांसद रिजालले सरकारसँग पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिताको समेत लक्षण नदेखिएको बताउनुभयो ।

रिजालले भन्नुभयो ‘सरकारको राजश्व उठाउन सक्ने क्षमता र योजना छैन, पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना छैन । यसपालि त गर्ने क्षमता मात्र नभएको होइन इमान्दारिताको पनि लक्षण देखिएन विश्वसनिय आधार भएन् । त्यसैले अर्थमन्त्रालयको चालु खर्च २५ अर्बबाट घटाएर ८ अर्बमा राखियोस भन्ने खर्च कटौतिको प्रस्ताव पेश गर्न चाहन्छु ।’

कोरोनाको संक्रमणबाट फस्दै गएको अर्थतन्त्रलाई जोगाउन सरकारले कुनै योजना नल्याएको बताउनुभयो । उहाँले अर्थतन्त्र सिथिल मात्रै नभएर संकुचित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यो पालि पोजेटिभ ग्रोथ रेट हुन सक्ने कुनै पनि सम्भावना देखिदन् । त्यसमाथि कुल गार्हस्थ उत्पान बढेन अनि बाहिर बाट आउने विप्रोशण आम्दानीमा २० प्रतिशत कम आउँछ भन्ने देखिएपछि खर्च योग्य आम्दानी झण्डै ५ प्रतिशतले घटला अझ त्यो भन्दा बढीले घटला चिन्ता त्यो छ । यस्तो अवस्थामा सरकारले असार मसान्त सम्मको राजश्व पनि अनुमान गर्न सकेको छैन् । त्यसैले हरेक शिर्षकमा सरकार भन्छ २६ प्रतिशत घटछ भनेर, अस्तिको बजेटमा लेखेको भन्दा, यसकारणकी अनुमान गर्ने आधार छैन् । असार मसान्त सम्म के हुन्छ भन्ने अनुमान गर्न नसक्ने अर्थमन्त्रालयले अर्को वर्षको बजेट प्रस्तुत गरेको छ ८३ पेजको बजेट त्यसमा छलफल गनुृ निररर्थक हो निररर्थक छ । ’

डा. रिजालले संक्रमणसँग तत्काल नै लडनका लागि १०/१२ अर्ब भन्दा घटिको खर्च हुने स्थिति छैन् ।सरकार बन्दा हिजो ढुकुटी रित्तो छ भन्ने सरकार अव ढुकुटी के भएको छ आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गर्नुभयो । उहाँले सबै खर्च गर्ने क्षमता र इमानदारिता सरकारमा नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘इमानदारिता छैन भन्ने प्रमाण सरकारले बिजुलीबाट चल्ने गाडिलाई एक दिन अगाडि जसरी भन्सार नउठाइकन छोड्यो त्यसबाट कमाउने बाटोमा लाग्यो त्यसबाट पनि सरकारको इमान्दारितामा प्रश्न उठेको छ । क्षमताको मात्रै कुरा होइन इमान्दारिताको कुरा हो ।’

रिजालले जनता कसरी कोरोना बाट बच्ने र देश कसरी फर्किने चिन्तामा रहकेो तर सरकार कार्पेट परिवर्तन गर्न तल्लिन रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा छन, बाहिर बसेका नेपालीहरु कसरी देशमा भन्ने चिन्तामा हुनुहुन्छ अनि सरकारमा बसेकाहरु कसरी कार्पेटको व्यवस्था भनेर मस्त छन । कार्पेटको व्यवस्था गर्दै छ सरकार अनि सत्तारुढ दलका अरु मानिसहरु सत्ता सम्भावनाको बासुरी कुन धुनमा बजायो भने राम्रासँग बज्छ भनेर प्रयत्न गरिराखेका छन् ।’

उहाँले देश विकास र बढ्दै गएको संकटलाई पार लगाउने अठोट सरकारसँग नभएको बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : २२ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको