२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

बाजुराको क्वारेन्टाइनमा एक जनाको मृत्यु



बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ ।

जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो । शुक्रबार साँझदेखि खाना नखाएका उनको राति मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताउनुभयो ।

गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो । मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँमा आएको वडाध्यक्ष रावतले जानकारी दिनुभयो ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गैरेले बताउनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ११ : ०२ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको