२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । कास्कीमा कोरोना संक्रमण भएको ३ जना व्यक्ति भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरण अनुसार हालसम्म गण्डकी प्रदेशमा कोभिड-१९ को संक्रमितहरुको जम्मा संख्या ७५ पुगेको छ ।

गण्डकी प्रदेशको कास्की संगै स्याङ्गजा, बागलुङ र नवलपुर जिल्लामा नयाँ कोरोना संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेशमा शनिबार बिहान काेराेनाका १७ संक्रमित पुष्टि भएका छन् ।

स्याङ्जामा १०, बागलुङमा १, कास्की र नवलपुरमा ३/३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

कास्कीको पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुष र रुपा गाउँपालिकाका वर्ष २३ र ३२ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङजाको वालिङ नगरपालिका वर्ष १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ का पुरुष त्यस्तै हरिनास गाउँपालिकाका वर्ष १८ र ४० का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाग्लुङको ताराखोला गाउँपालिकाका वर्ष ३९ का एक पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका वर्ष १८, १९ र २७ का तीन जना पुरुषका कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड-१९ का नयाँ पुष्टी भएका संक्रमितहरु लाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ६ : ५७ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने