२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा उत्पन्न “निसर्ग” चक्रवात कमजोर भई बनेको न्युन चापीइ क्षेत्रको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ का अधिकांश भागमा मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती प्रदेश २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५को पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का बाँकी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : ५६ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%