२५ चैत्र २०८१, सोमबार | April 8, 2025

लकडाउन : जनतालाई सास्ती, तस्करलाई मस्ती, वीरगन्ज सीमा क्षेत्रबाट मौलाउँदै तस्करी



वीरगन्ज । सरकाले कोरोना भाइरसको स्रक्रमण फैलिन नदिने भन्दै चैत्र ११ गतेदेखि निरन्तर लकडाउन जारी राखेको छ । सबै सीमा नाका असार १६ गतेसम्मका लागि सिल गरिएका छन् । निश्चित सीमाबाट मात्र मानिसहरु प्रवेश गर्न पाउने व्यवस्था छ भने मालवाहक सवारी साधन पनि तोकिएको सीमाबाटै प्रवेश गर्छन् । तर, लकडाउन भने आम जनतालाई सास्सी तस्करहरुलाई मस्ती जस्तै भएको छ ।

देशको प्रमुख सीमा नाका वीरगन्ज आसपासबाट तस्करी मौलाएको छ । सीमा र भन्सारको सुरक्षाका लागि खटेको सशस्त्र प्रहरी लकडाउनमा व्यस्त भएको मौका छोपी तस्करहरुले आफ्नो लाइनलाई झन बढी सक्रिय बनाएका छन् ।

लकडाउनले काम गर्न नपाएपछि दुई छाप टार्न स्थानियलाई धौ धौ परिरहेको बेला तस्करहरुले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई नै आफनो प्रभावमा पारेर मदिरा, कपडा तथा छोकडाको तस्करी गरेको स्रोतले दाबी गरेको छ ।

भारतको बिहारमा मदिरा विक्रि वितरणमा प्रतिबन्ध छ । विहार क्षेत्रका मदिराप्रेमी भारतीयहरुका लागि नेपालका सीमा क्षेत्र नै मदिरा सेवन गर्ने स्थान हुन् । नेपालमा समेत लकडाउन पछि खुला बिक्रि वितरण स्थगित भएपछि दुवै देशका तस्करहरुको मिलेमतोमा चर्को मूल्यमा मदिराको विक्रिवितरण भैरहेको हो ।

वीरगन्जको सिमावर्ती भारतीय शहर रक्सौलका तस्कर असलम मियाँ, लैला नाम गरेकी एक महिला, रक्सौल प्रेम टोलका राजेश पटेल, कृष्ण र रिषभ नामका तस्करहरुले सशस्त्र प्रहरीका खत्री थरका एक जना डीएसपीलाई आफ्नो प्रभावमा पारेर मदिरा, लत्ताकपडा तथा छोकडाको तस्करी गराईरहेको आरोप वीरगन्जका व्यापारीले लगाएका छन् ।

भन्सार सुरक्षामा खटिएका प्रहरी समेत लकडाउन प्रभावकारी बनाउन खटिएको मौका पारेर सशस्त्रकै अधिकारी तस्करसँग् सेटिङ मिलउनुले शान्तिसुरक्षामा समेत असर परेको भन्दै उनी विरुद्ध माथिल्लो निकायमा उजुरी समेत परेको छ ।

मध्यरातमा नेपालबाट विभिन्न ब्राण्डका मदिरा र छोकडा भारततिरै तस्करी गरिएको छ । भारतबाट भने कपडा र खाद्यान्न लगायतका सामाग्री भित्रिइरहेको छ । एकरात लाइन मिलाएको कम्तिमा ४० हजार रुपैयाँ बुझाउने गरिएको स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ६ : ३८ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग