२९ मंसिर २०८२, सोमबार | December 16, 2025

नारायणकाजीको मोदीलाई सुझाव, – ‘पशुपति र मुक्तिनाथको कसमखाँदै भन, – म नेपालको एक इन्च भूमि पनि कब्जा गर्दिन’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको भूमि अतिक्रमण नगर्ने वाचा गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै प्रवक्ता श्रेष्ठले पशुपति र मुक्तिनाथका भक्त मोदीलाई नेपाली भूमि अतिक्रमण नगर्ने वाचा गर्न सुझाव दिनुभएको हो ।

श्रेष्ठले मोदीलाई पशुपतिनाथ, मुक्तिनाथको आराधाना गरी शक्ति लिन आग्रह समेत गर्नुभयो । श्रेष्ठले भन्नुभयो, ‘पशुपतिनाथ, मुक्तिनाथबाट शक्ति र आशीर्वाद लिएर मोदीले तपोभूमि नेपालको एक इन्च पनि भूमि लिन हुँदैन ।’

नेपाल तपोभूमि, पवित्रभूमि रहेको उल्लेख गर्दै श्रेष्ठले पशुपति, मुक्तिनाथको आराधाना गरी कब्जा गर्ने प्रवृत्ति सच्याउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

अर्काको देशको भूमि अतिक्रमण गर्ने प्रवृत्ति सच्चाएर सत्यका पक्षमा उभिन उहाँले मोदीलाई सुझाव दिनुभयो । यसो गरेमा मात्र मोदीले नेपालबाट बधाइ पाउने र नेपाल भारत सम्बन्ध थप उचाईमा पुग्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

नेपालले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा भारतसँग वार्ता गरेर अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन छिटो पहल गर्नुपर्ने उहाँको धारणा थियो ।

प्रवक्ता श्रेष्ठले भारतसँग अहिलेसम्म भएका सबै असमान सन्धिसम्झौता खारेज गर्न माग गर्नुभयो । श्रेष्ठले विगतमा भएका सन्धि सम्झौतालाई पारस्परिक र समानतामा आधारित बनाउनु पर्ने बताउनुभयो ।

भारतले इपीजी प्रतिवेदनलाई छिटो भन्दा छिटो बुझेर सन् १९५० को सन्धिलाई पुनरावलोकन गर्न सहमत हुनुपर्ने उहाँले जिकिर गर्नुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  १२ : ५४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको