२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नेपालमा फेरि अर्को चक्रवातको असर, मनसुन समयमै सुरु हुने विश्वास



काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएको छ । यो चक्रवातको कारण यस वर्षको मनसुन समयमै सुरु हुनेमा मौसमविद आशावादी देखिएका छन् ।

हाल दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अम्पुनको अप्रत्यक्ष असर पर्दा नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो ।

अरब सागरमा विकसित यो नयाँ चक्रवातको प्रकृति कस्तो हुन्छ र यसले नेपालका कुन(कुन क्षेत्रमा प्रभाव पार्दछ भनेर मौसमविदले विस्तृतमा आँकलन गर्न सकेका छैनन् । तर नेपालका मौसमविदले तत्काललाई भने सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने र उच्च हिमाली भागमा हिमपात हुने मात्र बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद विभूति पोखरेल भन्नुहुछ ‘यो नयाँ चक्रवातले नै हामीलाई प्रत्यक्ष असर गर्दैन । किनभने हामीसम्म आइपुग्दा त्यो एकदमै कमजोर भइसकेको हुन्छ । यद्यपि सुदूरपश्चिममा चाहिँ वर्षा गराउने र उच्च हिमाली क्षेत्रमा हिमपात गराउने देखिएको छ ।’ चक्रवातको रुप लिइसकेपछि त्यसको वेग र दिशा हेरेर थप अपडेट गराउने उहाले बताउनुभयो ।

मनसुन छिटो आउन सघाउने

अरब सागरमा विकसित यो चक्रवातले यस वर्ष नेपालमा मनसुन छिटो भित्रिन सहयोग मिल्ने मौसमविदको पूर्वानुमान छ । यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तिमा एक हप्ता ढिलो आउने पूर्वानुमान मौसमविदले गरेका थिए ।

तर अरब सागरमा विकसित नयाँ प्रणालीका कारण भने त्यो पूर्वानुमान फेरिएको छ । मौसमविद विभूति पोखरेलले भन्नुभयो, ‘हामीले पहिले मनसुन अलिकति ढिलो हुन्छ भनिराखेका थियौं । यो चक्रवातले चाहिँ मनसुन छिटो आउनलाई झन् सहयोग गर्छ । पछिल्लो एक्टिभिटीले त्यस्तो ढिलो नहुने देखिन्छ ।’

सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यसअघि यस वर्ष नेपालमा कम्तिमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले गरेका थिए । यस वर्षको मनसुनमा नेपालभर सरदर नै पानी पर्ने मौसमविदको पूर्वानुमान छ ।

भारतमा उच्च सतर्कता

भारतीय मौसम विभागले अरब सागरको माथि बनिरहेको शक्तिशाली चक्रवात ३ मे ९२१ जेठ०मा उत्तरी महाराष्ट्र र दक्षिणी गुजरात हुँदै अघि बढ्ने जनाएको छ । त्यसको असर मुम्बईमा पनि पर्ने भन्दै सतर्कता अपनाइएको छ ।

हाल यो चक्रवात मुम्बईभन्दा करिब ७ सय किलोमिटर टाढा रहेको बताइएको छ । ३ जुनमा तटीय क्षेत्रमा पुग्दा यसको वेग १०५ किलोमिटर प्रतिघण्टा हुनसक्ने अनुमान छ ।

महाराष्ट्र सरकारले दुई-तीन दिनसम्म तटीय क्षेत्रमा नजान र समुद्रमा प्रवेश नगर्न सूचित गरेको छ । साथै आपतकालीन स्थिति आउन सक्ने भन्दै सुरक्षा सतर्कता पनि अपनाइएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १० : १९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर