२८ मंसिर २०८२, आइतबार | December 14, 2025

रुकुम घटनाको विरोधमा माइतीघरमा प्रदर्शन



काठमाडौं । पश्चिम रुकुम घटनाका दोषिलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ ।

विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन् ।

जातीय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्नपनि प्रदर्शनकारीहरुले आग्रह गरेका छन् । ‘हत्यारालाई फाँसी दे, स्टप किलिङ दलित, मानविय समवेदना कता गयो ?, न्याय हराएको देश, देशलाई आन्तरिक युद्धमा नधकेल’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको छानबिन गर्दै प्रदर्शन गरिएको हो । अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार भएको घटनामा जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनारको शव भेरी नदीमा भेटिएको थियो । अहिले भेरी नपा. ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोविन्द शाही सम्पर्कविहीन रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार  ४ : २४ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%