२८ मंसिर २०८२, आइतबार | December 14, 2025

प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदिय समितीबाट पारित



बुटवल । प्रदेश सभाकाे कृषि वन तथा वतावरण समितिले प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मिति २०७७/०२/१२ गते बसेकाे संसदीय समितिकाे बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

विधेयक माथि संशाेधनकर्ता प्रदेश सभा सदस्य माननीय दिपा वि.क. र उद्योग, पर्यटन,बन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेको उपस्थितिमा आज बसेकाे समितिकाे बैठकले विधेयकमाथि दफावार छलफल पछि केही बुँदा संशाेधन सहित पारित भएको हाे ।

विधेयक माथी ब्यापक छलफल र विश्लेषण सहित आवश्यक तथा उचित सुझावलाई ग्रहण गरी विधेयकमा केही बुँदामा संशाेधन सहित तयार गरिएको विधेयक सर्वसम्मतिले पारित गरेको समितिका सचिव आलाेक अग्रहरीले जानकारी दिए ।

समितिका सभापति माननीय बिजय बहादुर यादवको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्य रहेका प्रदेश सभा सदस्यहरू मा.चेतनारायण आचार्य, मा. कृष्णध्वज खड्का, मा.दिपेन्द्र कुमार पुन मगर, मा.कमलराज श्रेष्ठ, मा.कविराम थारू र का.धमकलि चाैधरीले विधेयकमाथिकाे छलफलमा आ-आफ्नो राय सुझाव दिएका थिए ।

समिति बाट पारित भएको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय समेत बैठकले गरेकाे छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार  ९ : ३० बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%