२८ मंसिर २०८२, आइतबार | December 14, 2025

अतिक्रमित भूमि फिर्ता गर्न उच्चस्तरीय कुटनीतिक पहल जरूरी : काँग्रेस



काठमाडौं । संविधान संशोधनका विषयमा नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै निर्णय गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको बैठकबाट संविधान संशोधनको विषमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गर्ने सहमति गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको नयाँ नक्सा समावेस गर्न संविधान संशोधन गर्न गरिएको प्रस्तावको विषयमा केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुने विषयमा सहमति भएको बताउनुभयो ।

प्रवक्ता शर्माले उक्त भूभाग नेपालको भूभाग भएकोमा कांग्रेस प्रस्ट भएको तर संविधान संशोधन गर्ने विषयमा कसरी प्रस्तुत हुने भन्ने निर्णय केन्द्रीय कार्यसमिति गर्ने बताउनुभयो ।

बैठकले विवादित भूमि फिर्ता ल्याउन उच्चस्तरिय कुटनीतक र राजनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

यस्तै कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को विषयमा विषयान्तर भएको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउने, क्वारेन्टाइनको मापदण्ड अनुसार व्यवस्थापन गर्न सरकारलाई अपिल गर्ने निर्णय समेत गरेको छ । यस्तै कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न समेत माग गरेको छ ।

विदेशमा अप्ठेरोमा परेका नेपालीहरुलाई छिटो नेपाल फिर्ता ल्याउन समेत कांग्रेसले माग गरेको छ । भारत तर्फको सीमामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले ल्याउन र क्वारेन्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले राख्न समेत माग गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्तै ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा कटौति गर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  ८ : ५७ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%