२३ कार्तिक २०८१, शुक्रबार | November 9, 2024

अन्धविश्वास र राजनीतिक प्रतिशोधले कोरोना इपिसेन्टर बन्दै नरैनापुर



नेपालगन्ज । कुनै बेला बघौडा क्षेत्रकारुपमा लिईने बांकेको नरैनापुरमा मोटर चढेर जान सकिने भएको धेरै वर्ष पुगेको छैन । १ दशक अगाडी सम्म नरैनापुर नक्सार कागजमा नेपाल भएपनि ब्यवहारमा पुरै भारत हो कि जस्तो लाग्थ्यो । कागजको नागरिकता नेपाली थियो, तर त्यहां न पैसा नेपाली चल्थ्यो न मोबाईल, टेलिफोन नेपाली नेटवर्कले काम गथ्र्यो । प्रहरीको सेटले काम नगरेपछि भारतीय सिम प्रयोग गरेर आईएसडी कल गर्दै नेपालको सदरमुकाममा रिपोर्टिीङ गर्नुपर्ने बाध्यता थियो । बर्षमा एकपटक आगलागि हुन्थ्यो भारतको बाटो हुंदै दमकल पुग्दा गांउ नै सोत्तर भै सक्थ्यो । नेपाली बिद्यालयहरुको सेवा प्रभावकारी नहुंदा भारतीय बजारमा पढ्न जाने, रासनपानी लिन जाने देखि बिहेबारी सबै सिमापारी नै हुने भएकाले नरैनापुरको अवस्था बेग्लै थियो ।

दशक पहिले सम्म आगलागि र झाडा पखालाले सोत्तर हुने गांउ यसपटक कोरोना भाइरसले सोत्तर बनाउने अवस्था सिर्जना भएको छ । अशिक्षा, अन्धबिश्वास र राज्यको प्रशासनलाई अवमुल्यन गर्ने संस्कारका कारण आज सिङ्गो नरैनापुर कोरोना कहरले सखाप हुने अवस्था सिर्जना भएको छ । १०, २० जना भारतबाट भित्रिएका स्थानीयको उचित ब्यवस्थापन बेलैमा हुन नसक्दा अवस्था भयावह हुने संकेत पछिल्ला घटनाहरुले देखाएको छ ।

एउटै गांउपालिकाबाट १ सय १२ जना संक्रमित पुष्टी हुंदा पनि स्थानीयमा अझै कोरोनालाई हेर्ने दृष्टीकोणमा परिवर्तन आएको छैन । पालिकामा क्यारेन्टाईन बनाईएको छ, तर नाम मात्रको । झुल र सिरानीका भरमा ४२ डिग्रीको तापक्रममा टिनको छानामुनी बस्नुको पिडा क्वारेन्टाइनमा रहेकाहरुलाई बराबर कस्लाई पो थाहा हुन सक्ला र ?

जिल्ला सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि रहेको यो गाउँपालिकाका ६ वटा सबै वार्डहरु भारतसंग जोडिएकाछन् । करिब ३५ हजार मानिसको बसोबास गर्ने गांउमा खेत, खोल्सा, जङ्गल जताबाट पनि भारतबाट नेपाल आउन सक्ने अवस्था रहेको छ ।

भारतमा कोरोना महामारी सुरु भएसंगै गांउमा फट्टफुट्ट नेपालीहरु घर फर्कन थालेका थिए । भारतले लकडाउन खुकुलो बनाउंदै रेलसेवा सुरु गरेपछि नेपालीहरु हुर्रीएर फर्कन थाले र नरैनापुरमा पनि हरेक दिन भिड लगाएर भारतबाट भित्रनेको अभियान चल्यो । यसरी फर्किनेहरूमा कोरोना महामारी फैलिएको महाराष्ट्र, दिल्लीबाट आएकाहरू पनि छन् । सुरुमा आएका स्थानीयको लेखाजोखा नराखिएपनि पछिल्लो समय उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

अहिले पनि १५ वटा विद्यालयको क्वारेन्टाइनमा भारतबाट आएका ६५१ जना बसिरहेका छन् । क्वारेन्टाइन स्थलमा सबै मापदण्ड पूरा गर्न नसकिएको कारण क्वारेन्टाइनमा रहेकाहरुसंग घरपरिवार आएर भेट्ने, स्थानीयबासीको क्यारेन्टाइन स्थलमा भिड लाग्ने बिषय नरैनापुरका लागि समान्य जस्तै लाग्छन् । भारतबाटै संक्रमित भएर आएकाहरु र संक्रमित नभएकाहरु संगै बस्छन् र उनीहरुको गाउंले आफन्तहरुसंग कन्ट्याक्ट भईरहन्छ । क्वारेन्टाइनको उचित ब्यवस्थापन हुन नसक्दा र संक्रमितहरुसंग गांउलेको उठबस भईदिंदा गांउमा कोरोनाको महामारी अनियन्त्रित हुने सम्भावना देखिएको छ । स्थानी सरकारकारुपमा गांउमा क्रियाशिल नरैनापुर गांउपालिकाले त आफुहरुको काबुबाट अवस्था बाहिर गएको ठहर गर्दै संघिय सरकारको गुहार समेत मागिसकेको छ । स्थानीय प्रशासनले जनप्रतिनिधिले राज्यलाई सहयोग नगरेको गुनासो गरेपनि नरैनापुर गांउपालिकले अवस्थाको भयावहको आंकलन गर्दै संघिय सरकार सहित प्रदेश र सरकारका सबै तहलाई गुहार मागेको छ । गाउंपालिकाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय सहित, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, संघिय मामीला मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय देखि सरोकारवाला निकय सबैलाई गुहार्दे सम्भाब्य भयाबह अवस्थाको नियन्त्रणका लागि याचना गरेको छ ।

३ दिन पहिले केहि स्थानीयलाई आइसोलेसनमा राख्नका लागि लिन जांदा लिन गएको एम्बुलेन्सलाई अवरोध गरि क्यारेन्टाइनमा रहेका संक्रमितलाई गांउलेले घरघर लगेका थिए । उनीहरुलाई आइसोलेसन ल्याउने कार्यमा स्थानीय जनप्रतिनिधिले असहयोग गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर ओलीले गुनासो गरेका थिए । उनले समस्या आएको बेला जनप्रतिनिधिहरु मोबाईल अफ गरेर बसिदिने, अवरोधकहरुलाई निरुत्साहित बनाउन पहल नगर्ने तथा स्थानीय प्रशासनसंग समन्वय नगर्ने गरेको ओलीको आरोप थियो ।

आइसोलेसन केन्द्र बनाउने बिषयमा केहि स्थानहरुमा स्थानीयबासीको बिरोधको कुरा सुनेर असुरक्षाका डरले संक्रमित ल्याउन स्थानीयबासीले अवरोध पु¥याएको स्वास्थ्य कार्यालय बांकेका कोरोना फोकल पर्शन नरेस श्रेष्ठको ठहर छ । पछिल्लो समय संक्रमण पुष्टी भएसंगै उठाईहाल्ने रणनिती बनाईएको श्रेष्ठले बताए ।

कोरोनाको कहरले ब्यापकता पाएसंगै गांउपालिकामा जनप्रतिनिधि आउनै छाडेकाछन् । उनीहरुको मोबाईल समेत उठ्दैन र सिङ्गो गांउपालिका एकजना सुचना अधिकृत र स्वास्थ्यकर्मीहरुको भरमा चलेको छ । नेकपा ईतर शक्तिको बाहुल्यता भएको नरैनापुरमा कोरोनालाई राजनितिक प्रतिशोधको अवसरकारुपमा स्थानीय जनप्रतिनिधिले दुरुपयोग गरेको स्थानीय पत्रकार बिनय दिक्षितको निश्किर्ष छ ।

महामारीले दल, समुदाय वा रंग र वर्ण छुट्याउंदैन । बिश्वले समाना गरिरहेको महामारीलाई क्षणिक राजनितिक प्रतिशोधको हतियारकारुपमा प्रयोग गर्दा त्यसको शिकार प्रयोग गर्नेहरु स्वयं हुनुपर्ने हुन सक्छ । नरैनापुरमा आफुलाई नेता हुं भन्नेहरु र धर्मका अगुवा थान्नेहरुले पहलकदमी लिएर राज्यलाई सघाउन आवश्यक छ ।

फोटो सौजन्य : बिनय दिक्षित
फोटो सौजन्य : बिनय दिक्षित
फोटो सौजन्य : बिनय दिक्षित

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आइतबार  २ : २७ बजे

रातानाङ्ला दुर्घटनाका मृतकको सनाखत

सुर्खेत । दैलेखदेखि सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४

जीप दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना

नेपाल–बङ्गलादेशबीच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र

एमाले बागमतीले उपनिर्वाचनका उम्मेदवारको नाम टुङ्गायो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीले उपनिर्वाचनको उम्मेदवार टुङ्गो