१ बैशाख २०८२, सोमबार | April 14, 2025

चितवनका कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरियो, केशरवाग सिल



चितवन । चितवनको भरतपुर-६ केशरबागमा मा शुक्रबार बिहान भेटिएका दुई जना वृद्धवृद्धाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएसंगै कन्ट्याक्ट ट्रेसिङ’ सँगै केशरबागलाई पनि सिल गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । वडालाई सील गरेर आवातजावत पूर्णरुपमा बन्द गरिएको छ ।

संक्रमितहरु घर आएदेखि नै घरकै माथिल्लो तलमा क्वारेन्टिन निर्माण गरेर बसेको वडा नं. ६ का वडाअध्यक्ष हरिविलास कोइरालाले बताउनुभयो । उनीहरूल घरका सदस्यसंग र वरिपरि कसैसंग पनि भेट नगरेको जानकारी दिनुभयो ।

भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा वृद्ध पुरूषको उपचार गरी उनीहरू जेठ ३ गते एम्बुलेन्सबाट घर आएका थिए । क्यान्सरको उपचारका लागि बुबा, आमा र छोरा भारत गएका थिए ।

घर फर्किएपछि उनीहरूको स्वाव परीक्षण गरिएको थियो । तीन जनाकै परीक्षण गर्दा श्रीमान र श्रीमतीमा मात्रै संक्रमण देखिएको हो । छोरामा भने संक्रमण नदेखिएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएसंगै उनीहरुलाई आज विहानै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा राखिएको छ । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार  ८ : ४६ बजे

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

नेपालगन्ज । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि

दशकौैं पछि यो बर्ष उठेन विस्का जात्राको लिंगो

भक्तपुर । रातभरको प्रयासपछि पनि भक्तपुरको विस्का जात्राको क्रममा उठाउने

स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

सिमकोट । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा सिमकोट । हुम्लाको

समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढौँ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

आईपीएल : दिल्लीको अपराजित यात्रामा मुम्बईले लगायो ब्रेक

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल माथि मुम्बई