काठमाडौं । नेपालमा अहिले बिहान १७ जना नयां कोरोना संक्रमित थपिएका छन । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार १७ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो पटक झापा, धनकुटा, सुनसरी जिल्लाका व्यक्तिहरु संक्रमित भएको पाइएको छ । झापामा १५ जना पुरुष संक्रमण देखिएको छ भने धनकुटामा १ पुरुष र सुनसरी १ जना महिलामा संक्रमित देखिएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।
प्रतिक्रिया