४ बैशाख २०८२, बिहिबार | April 18, 2025

सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी गरेको होईन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक कालापानी नेपाली भूमि भएको र नेपालकै हुने पुनः प्रष्ट पार्नुभएको छ ।

संसदमा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा कसैलाई देखाउनका लागि जारी गरिएको नभई नेपाली भूमि फिर्ता ल्याउनका लागि जारी गरिएको स्पष्ट पार्नुभयो ।

भूमि फिर्ता लिने अठोटका साथ नक्शा जारी गरिएको बताउँदै उहाँले नेपालको भूमिमा नेपालकै पूर्ण अधिकार स्थापित हुने बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘अब लिम्पियाधुरा, लिपुलेक कालापानीको विषय ओझेल पर्न वा सेलाउन दिइने छैन, यसको निष्कर्ष निकालिन्छ’, उनले भने, ‘यो हाम्रो भू–भाग हामी फिर्ता लिएर छाड्छौँ, फिर्ता लिने अठोटका साथ नक्सा सार्वजनिक गरेका हौँ।’

‘यो तथाकथित राष्ट्रवाद देखाउनका लागि नगरिएको बताए ‘होइन । यो कुनै तमासा गरिएको होइन्, देखाउवा गरियो होइन’, प्रधानमन्त्रील भन्नुभयो, ‘यो यथार्थमा फिर्ता लिन गरिएको हो, हाम्रो् भूभाग हो, हामी फिर्ता लिन्छौँ।’

नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको र कूटनीतिक प्रयासमार्फत नै यसको हल गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

मन्त्रिपरिषद्ले पारित गरेको नक्शा एकदुई दिनमा प्रकाशित हुने उहाँले बताउनुभयो । यसका लागि संविधानको अनुसूचि ३ संशोधनको प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । अरु विषय भन्दा महत्वको वार्ता, नक्सा र भूमि फिर्तासँग सम्बन्धित विषय भएका कारण तत्कालका लागि अनुसूचि संशोधनको प्रस्ताव सदनमा आउने र पारित हुनेमा आफू विस्वस्त रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संविधानको अनुसूचि ३ पारित गरेर नयाँ नक्शा लागु भएको दिन नेपालमा दीपावली हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १ : ५४ बजे

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

नेपालगन्ज । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको

वरियता मिचेर एआइजी बढुवा सिफारिस गरिएको भन्दै प्रहरीमा असन्तुष्टी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक

रास्वपाको महाधिवेशन आगामी फागुनमा, ७ वटै प्रदेशमा इन्चार्ज तोकिए

काठमाडौं । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

नेदरल्यान्ड्स । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा

बुटवलको कालिकानगरमा रहेको एल डोराडो एवेन्यू- तेस्रो वार्षिकोत्सवको अवसरमा ३ दिने विविध कार्यक्रम मनाउने

बुटवल । बुटवल-११ कालिकानगस्थित एल डोराडो एवेन्यू को स्थापनाको तेस्रो वार्षिकोत्सवको