५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

राष्ट्रियताको पक्षमा सरकारबाट ऐतिहासिक काम भएको छ : दीनानाथ शर्मा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रियताको सवालमा वर्तमान सरकारले ऐतिहासिक काम गरेको दाबी गर्नुभएको छ ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै नेता शर्माले सरकारले नेपालको पूर्ण नक्शालाई पारित गरेर ऐतिहासिक काम गरेको बताउनुभयो । शर्माले भारतले अतिक्रमण गरेको नेपालको भूभाग फिर्ता गराएरै छाड्ने दाबी पनि गर्नुभयो ।

‘सरकारले एक कण माटो छोड्दा पनि छोड्दैन । त्यसलाई फिर्ता गरेरै छोड्छ,’ शर्माले भन्नुभयो, ‘हामी कसैले एक टुक्रा जमिन वा एक इन्च माटो अथवा एक मुठी माटोको आशा पनि गर्दैनौं ।’

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ राजनीतिक नक्सा मन्त्रिपरिषदबाट सोमबार मात्रै पारित गरेको थियो ।

नीति तथा कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गर्ने प्रतिवद्धता आएको त्यसै अनुसार सरकारले कार्यान्वयन गरेको उहाँले जिकिर गर्नुभयो ।

नेकपा नेता शर्माले नीति तथा कार्यक्रममाथि हालेको संशोधन प्रस्ताव फिर्ता लिन विपक्षी कांग्रेसलाई आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७७, मंगलबार  १२ : ३७ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका