५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

सीमाक्षेत्रको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने



बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा एक कोरोना सङ्क्रमित फेला परेपछि सीमा क्षेत्रको दक्षिण भेगको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने भएको छ ।

नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवका अध्यक्षतामा आइतबार बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा ११, १२ सडक र वडा ६, ७ र ८ स्थित सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ । वडा १२ स्थित हुलाकी सडक नाकामा मधेश क्षेत्र र भारततर्फबाट आउने व्यक्तिको आवतजावत बढी भएकाले सो निर्णय भएको नगरपालिकाका प्रमुख यादवले जानकारी दिनुभयो ।

उहाले बन्दाबन्दीको उल्लंघन हुन नदिन वडाध्यक्ष राम नारायणको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिकाको प्रत्येक टोलमा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समितिसमेत गठन भएको बताउनुभयो ।

उक्त बैठकले नगरपालिकाभित्रका सामुदायिक वनभित्रमा अनाधिकृत प्रवेशमा समेत रोक लगाउँदै दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्न बिहान ११ देखि २ बजेसम्म पसल खुल्ला राख्ने निर्णय पनि गरेको छ । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : ०५ बजे

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८

वीरगञ्जको निषेधाज्ञा आज बिहान ७ बजेबाट हटने

वीरगञ्ज । वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

नेपालगन्ज । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको

वरियता मिचेर एआइजी बढुवा सिफारिस गरिएको भन्दै प्रहरीमा असन्तुष्टी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक

रास्वपाको महाधिवेशन आगामी फागुनमा, ७ वटै प्रदेशमा इन्चार्ज तोकिए

काठमाडौं । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र