५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

नीति तथा कार्यक्रम : रुग्ण उद्योग सञ्चालनमा ल्याउने, कृषि उत्पादन बढाउने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको छ ।

विभिन्न कारणले बन्द भएका उद्योगलाई निजी क्षेत्रको समेत सहयोगमा आवश्यक प्रक्रिया मिलाएर सञ्चालनमा ल्याउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखी रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभएको हो ।

बन्द तथा रुग्ण उद्योगलाई निजी क्षेत्रको उपयुक्त व्यवस्थापन विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा सञ्चालन गर्ने सरकारको योजना रहेको छ । हेटौँडा कपडा कारखाना, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योगलगायतका उद्योग लामो समयदेखि बन्द अवस्थामा रहेका छन् ।

यस्तै सरकारले कृषि तथा वनजन्य वस्तुको उत्पादन एवं प्रशोधन गर्ने उद्योगको विकास र विस्तार गर्ने लक्ष्य राखेको छ । यस्तै स्वदेशी कच्चा पदार्थको प्रयोग गर्ने उद्योगको विकासका लागि समेत सरकारले आगामी आवको नीति तथा कार्यक्रममा विशेष प्राथमिकतामा राखेको छ ।

यस्तै उद्योग क्षेत्रको विकासका लागि एकल सेवा बिन्दु केन्द्रलाई विशेष क्षमताका साथ सञ्चालनमा ल्याउने गरी आवश्यक व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा समावेश छ । यस्तै चालु आवमा ४५ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना भइसकेको अवस्थालाई ध्यान दिएर अन्य स्थानीय तहमा आवश्यकताका आधारमा औद्योगिक ग्राम स्थापना गर्न सरकारले प्रयास गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ६ : ३४ बजे

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

नेपालगन्ज । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको

वरियता मिचेर एआइजी बढुवा सिफारिस गरिएको भन्दै प्रहरीमा असन्तुष्टी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक

रास्वपाको महाधिवेशन आगामी फागुनमा, ७ वटै प्रदेशमा इन्चार्ज तोकिए

काठमाडौं । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

नेदरल्यान्ड्स । गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा

बुटवलको कालिकानगरमा रहेको एल डोराडो एवेन्यू- तेस्रो वार्षिकोत्सवको अवसरमा ३ दिने विविध कार्यक्रम मनाउने

बुटवल । बुटवल-११ कालिकानगस्थित एल डोराडो एवेन्यू को स्थापनाको तेस्रो वार्षिकोत्सवको