५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

‘ग्रीनजोन’मा रहेका पहाडी जिल्लामा पनि धमाधम सिल, प्रदेश ५का गुल्मी, पाल्पा र अर्घाखांची सिल



तानसेन । सिमावर्ती जिल्ला रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । सिमा जोडिएका जिल्लामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमित बढ्दै गएपछि जिल्लालाई उच्च जोखिममा रहेको ठहर गर्दै शनिबार बिहानदेखि लागू हुनेगरी स्थानीय प्रशासनले जिल्लालाई सिल गरेको हो । यसअघि कपिलवस्तुसंग जोखिम बढेको भन्दै अर्घाखांची र बाग्लुङबाट जोखिम हुने भन्दै गुल्मीले जिल्ला सिल गरिसकेका छन् ।

जेठ ५ गते राति १२ बजेसम्मका लागि पुरै जिल्ला सिल गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिनुभयो । रुपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा संक्रमण देखिएपछि कोरोना भाइरस संक्रमण रोकथामका लागि गठित जिल्लास्तरीय समिति ९सीसीएससी० को बैठकले अन्य जिल्लासँगको आवतजावत पूर्ण रुपमा बन्द गरेको प्रजिअ सुबेदीले बताउनु भयो। सुवेदीका अनुसार औषधिबाहेकका अन्य सबै आयात र निर्यातमा समेत रोक लगाइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनु भयो । सुबेदीका अनुसार अर्घाखाँची, गुल्मी र स्याङ्जाका सीमा क्षेत्रमा बिशेष निगरानी बढाइने छ ।
शुक्रबारको बैठकमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख, स्थानीय राजनीतिक दलका प्रमुख लगायत सर्वदलीय सर्वपक्षीय सहभागिता थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ६ : ०४ बजे

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८

वीरगञ्जको निषेधाज्ञा आज बिहान ७ बजेबाट हटने

वीरगञ्ज । वीरगन्जमा स्थानीय प्रशासनले गत आइतबार राति १२ बजेदेखि

लुम्बिनी कप महिला फुटबल : पत्रकारका लागि रिपोर्टिङ कार्यशाला

नेपालगन्ज । नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला सम्पन्न भएको

वरियता मिचेर एआइजी बढुवा सिफारिस गरिएको भन्दै प्रहरीमा असन्तुष्टी

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक

रास्वपाको महाधिवेशन आगामी फागुनमा, ७ वटै प्रदेशमा इन्चार्ज तोकिए

काठमाडौं । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र