५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

केन्द्र सरकारलाई मतलव छैन, वडाअध्यक्षले लगाइदिए भारतीय सीमानामा काँडे तार



पर्सा । भारतीय सीमा अतिक्रमणले सीमा नाघेपछि सीमानामा काँडे तार लगाउन माग भैरहेको छ । तर, भारतसँग सीमाजोडिएको पर्साको एक गाउँपालिकाका वडाअध्यक्षले भने आफ्नो क्षेत्रमा पर्ने सीमानामा काँडेतार लगाएका छन् ।

पर्साको ठोरी गाउँपालिकाका वडा नं. ३ का वडा अध्यक्ष सूर्य लामाले सोही वडाको ठुटेखोला नजिकैको पिल्लार नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाउनुभएको छ ।

वडाध्यक्ष लामाको पहलमा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट काँढेतार लगाउन सुरु गरिएको थियो । ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका छन् । सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको वडाअध्यक्ष लामाले बताउनुभयो ।

‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले राजधानी दैनिकका संवाददतासँग भन्नुभएको छ, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’

वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिनुभयो ।

२०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको बताउनुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  १० : ४० बजे

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको