५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न संसदीय समितिबाट सरकारलाई निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो ।

पिसिआर पिपिइ, मास्क, धरमल गर्न लगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथासिघ्र गर्न समितिले सरकारलाई सुझाव दिएको हो । समितिले आइसोलेसन बेड, भेन्टीलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य विरामीहरुले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिने कुरामा जोड दिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताउनुभयो ।

सर्वसाधारणहरुलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ । परीक्षणको दायरा तिव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्इ सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिले विदेशमा रहेका नागरिकर्लाइ नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहानेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि निर्देशन दिएको छ । यस्तै लक डाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकहरुको सहित तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ ।

क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीन वटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रुपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिउको छ । कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रीत गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताउनुभयो ।

प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहिबार  ४ : २५ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका