५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

भीम रावलका सुरक्षा गार्डलाई कोरोना देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित



काठमाडौं । नेता भीम रावलका सुरक्षा गार्डलाई कोरोना भाइरसको संक्रमण देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएकोछ ।

बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्य रावलका सुरक्षा गार्डलाई कोरोना संक्रमण भएको थाहा भएपछि स्थगित गरिएको हो ।

बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराइएको छ । नेता रावलले संसदमा कोरोनाको परीक्षण गराएपनि उहाँको सुरक्षामा खटिएका सुरक्षाकर्मीको परीक्षण भएको थिएन ।

तर मंगलबार भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी रहेको थाहा भएको थियो ।

रावल नेकपा स्थायी कमिटी सदस्य हुनुहुन्छ । स्थायी कमिटी बैठकको माग गर्ने नेतामध्ये रावल पनि एक हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डको पहलमा बस्न लागेको बैठक स्थागित भएपछि अध्यक्ष एवं केपी शर्मा ओलीलाई भने हाइसञ्चो भएको छ । आफुविरुद्ध आक्रमक ढंगले प्रस्तुत हुनेथाहा पाएपछि ओलीले २५ गते बस्ने भनिएको बैठक स्थगित गराउनुभएको थियो ।

तर, आज बस्ने भनिएको बैठकमा पार्टीको आन्तरिक विवादलाई नउठाउने, भारतले गरेको सीमा अतिक्रमण र सरकारको नीति तथा कार्यक्रम र बजेटबारे मात्र छलफल हुने प्रतिद्धता अध्यक्ष प्रचण्डले जनाएपछि ओली बैठक डाक्न राजी हुनुभएको थियो ।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : ०४ बजे

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ