५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

नेकपा स्थायी कमिटी बैठक भोलि



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ ।

बुधबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको नेता देवेन्द्र पौडेलले बताउनुभयो ।

गत बैशाख २५ गते बोलाइएको बैठक त्यसको अघिल्लो दिन सचिवालय बैठक भाँडिएपछि स्थगित भएको थियो । बैठकमा कोरोनाको संक्रमण, भारतबाट भएको सीमा अतिक्रमण र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

पार्टीभित्रको आन्तरिक विवादको विषयलाई पछि छलफल गर्ने गरी स्थायी कमिटी बैठक बोलाउन आफुहरुले नेतृत्वलाई सुझाव दिएको नेता पौडेले बताउनुभयो ।

स्थायी कमिटी बैठक भोलिबाट सुरु भए पनि बजेट पछि मात्र आन्तरिक विवादका विषयमा छलफल हुने गरी बैठक स्थगित गरिने नेकपाले तयारी गरेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  २ : १९ बजे

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गोली

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

दिपायल । सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

मकवानपुरगढीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदी । मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ

प्रधानमन्त्री ओली आज चितवन आउँदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका